Skip to content
Shikhar Insurance
National Life

‘चीनले इयुको केहि बिगारेको छैन, ‘टकराव खोज्नु हुँदैन’ : विदेशमन्त्री वाङ

Hyundai
NCELL
NIMB

काठमाडौं । चीनका विदेशमन्त्री वाङ यीले आफ्ना युरोपेली सङ्घ (इयु) समकक्षीलाई ‘टकराव’ विरुद्ध चेतावनी दिएका छन् ।

विदेश मन्त्रालयले बिहीबार बेइजिङलाई युरोपको सुरक्षालाई कमजोर पार्न रोक्न आग्रह गरेपछि उनको यस्तो भनाइ आएको हो । चिनियाँ विदेश मन्त्रालयको विज्ञप्ति अनुसार बुधबार ब्रसेल्समा काजा कालासलाई भेट्दै विदेशमन्त्री यीले चीन र इयुलाई ‘मतभेदका कारण विपक्षीका रूपमा मान्न नहुने, न त उनीहरूले असहमतिका कारण टकराव खोज्नु पर्ने’ बताए ।

युरोपले विभिन्न चुनौतीको सामना गरिरहेको छ भन्दै उनले तर कुनै पनि ‘विगत, वर्तमान वा भविष्यमा’ चीनले गर्दा नभएको जोड दिए ।

बैठकअघि इयुको विदेश मामिला प्रमुख कालासले चीन ‘हाम्रो विरोधी होइन, तर सुरक्षामा हाम्रो सम्बन्ध बढ्दो तनावमा रहेको’ बताए । उनले चिनियाँ कम्पनीहरू ‘युक्रेन विरुद्धको युद्धलाई निरन्तरता दिन मस्कोको जीवनरेखा’ भएको बताए ।

उनले बेइजिङले साइबर आक्रमण, लोकतान्त्रिक हस्तक्षेप र अनुचित व्यापार अभ्यासहरू गरेको आरोप लगाउँदै यसले ‘युरोपेली सुरक्षा र रोजगारीलाई हानि पुर्‍याउँछ’ भने । युक्रेनसँगको रुसको तीन वर्षभन्दा लामो युद्धमा चीनले आफूलाई तटस्थ पक्षको रूपमा चित्रण गरेको छ ।

तर पश्चिमी सरकारहरूले बेइजिङले मस्कोलाई महत्त्वपूर्ण आर्थिक र कूटनीतिक समर्थन दिएको बताउँछन् । “युरोपसँग नजिकको सम्बन्ध खोज्दै युरोपमा युद्धलाई सक्षम पार्नु भनेको एक विरोधाभास हो जसलाई बेइजिङले सम्बोधन गर्नुपर्छ”, कालासले बुधबार भने ।

यसैबीच विदेशमन्त्री वाङले महाशक्ति प्रतिद्वन्द्वी वासिङ्टनविरुद्ध बेइजिङलाई एक स्थिर सन्तुलनकर्ताका रूपमा चित्रण गरे । वासिङ्टनले युरोपेली राष्ट्रहरूबाट आयातमा व्यापक भन्सार शुल्क लगाउने धम्की दिएको छ ।

“अमेरिकाले लिएको बाटो चीनको प्रतिबिम्बका रूपमा प्रयोग गरिनु हुँदैन”, उनले भने, “चीन अमेरिका होइन ।” बेइजिङको विदेश मन्त्रालयले पनि दुई पक्षले युक्रेन, इजरायल र प्यालेस्टिनबीचको द्वन्द्व र इरानको आणविक मुद्दाबारे छलफल गरेको बताएको छ ।

“बेइजिङ र ब्रसेल्सले एकअर्कालाई ‘सम्मान’ का साथ व्यवहार गर्नुपर्छ”, वाङले भने, “युरोपले अझ बढी ‘सक्रिय र व्यावहारिक’ चीन नीति अपनाउनुपर्छ ।” वाङले बुधबार युरोपेली आयोगकी प्रमुख उर्सुला भन डेर लेयन र उनका बेल्जियमका समकक्षी म्याक्सिम प्रिभोटसँग पनि भेट गरे ।

“चीन र इयुले बहुपक्षवाद र स्वतन्त्र व्यापारलाई समर्थन गर्नुपर्दछ… र जलवायु परिवर्तन जस्ता विश्वव्यापी चुनौतीहरूलाई सम्बोधन गर्न सँगै मिलेर काम गर्नुपर्दछ”, वाङले भन डेर लेयनलाई भने ।

वाङले अब जर्मनीको यात्रा गर्नेछन् । जर्मनीमा उनले कूटनीति र सुरक्षासम्बन्धी विषयमा विदेशमन्त्री जोहान वाडेफुलसँग वार्ता गर्नेछन् ।

त्यसैगरी फ्रान्समा, वाङले मार्चमा चीन भ्रमण गरेका युरोप र विदेश मामिला मन्त्री जिन–नोएल बारोटसँग भेट गर्नेछन् । बेइजिङमा चिनियाँ राष्ट्रपति सी जिनपिङ र इयुका शीर्ष अधिकारीहरूबीचको शिखर सम्मेलन हुनुभन्दा करिब तीन हप्ता अगाडि यी भ्रमणहरू भएका हुन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्

Thoughts MORE