Skip to content
Shikhar Insurance
National Life

मुख्यसचिव एकनारायण अर्याल अनुगमनमा : भन्छन्–समस्या फिल्डमा देखियो

Hyundai
NCELL
NIMB

काठमाडौं । मुख्यसचिव एकनारायण अर्यालले वैदेशिक रोजगार विभाग, राहदानी विभाग, उद्योग विभाग लगायतको अनुगमन गरेका छन् । मंगलबार मुख्यसचिव अर्यालले वैदेशिक रोजगार विभाग, राहदानी विभाग, उद्योग विभाग लगायतको अनुगमन गरेका हुन् ।

उक्त निकायहरुमा पुगेर मुख्यसचिव अर्यालले सेवाप्रवाहका बारेमा जानकारी लिए । अनुगमनपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै मुख्यसचिव अर्यालले अनुगमनका क्रममा सेवाग्राहीले सेवा पाउन अझै सास्ती खेप्नुपरेको जानकारी पाएको र सुधार्नुपर्ने धेरै कुरा रहेको बताए । अहिले अध्यागमन, वैदेशिक रोजगार, राहादानी, नेपाल प्रहरीका जतिपनि हाम्रा सिस्टम छन त्यसलाई सरकारले एकीकृत गर्न लागेको अर्यालले जानकारी दिए ।

मुख्यसचिव अर्यालले तीन तहका संयन्त्रबीच समन्वयता नहुँदा पनि कतिपय सेवाप्रवाहमा कठिनाइ भएको र नागरिकले दुख पाएको बताए । उनका अनुसार तीनतहका सरकारबीच समन्वय गर्नुपर्ने देखिएको छ ।

मंगलवारको अनुगमनका क्रममा देखिएका केही समस्यालाई तत्काल समाधान गर्नका लागि टेलिफोनबाट निर्देशन दिइएको उनले बताए । सिस्टम सुधार गर्ने विषयमा आगामी वर्ष गर्नुपर्ने काम पनि अघि बढाइने उनको भनाइ छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्

Thoughts MORE