Skip to content
Shikhar Insurance
National Life

भन्सार प्रमुखमाथि आक्रमण भएपछि जाँचपास रोकियो, ‘दोषीमाथि कारबाहिको माग’

Hyundai
NCELL
NIMB

काठमाडौं । कैलाली भन्सार कार्यालय प्रमुख अनन्तप्रसाद तिम्सिनामाथि आक्रमण भएपछि भन्सार जाँचपास रोकिएको छ । भन्सार ऐजेन्ट र कर्मचारीहरुले सोमबार विरोध स्वरुप पेन डाउन गरेका हुन् ।

कार्यस्थलमा कर्मचारीहरुलाई निर्देशन दिने क्रममा जेठ १० गते राती १० बजे कैलाली उपमहानगरपालिकाका नगर प्रहरीहरुले कुटपिट गरेका थिए । नगर प्रहरीले सिसि क्यामेराले नदेख्ने स्थलमा लगेर कुटपिट गरेका हुन् । कर्मचारीमाथि नियोजित रुपमा आक्रमण हुँदा पनि दोषीमाथि कारबाही नभएको भन्दै कर्मचारीहरु आन्दोलित भएका हुन् ।

तिम्सिनामाथि कुटपिट गर्ने लक्ष्मणसिंह धामीलाई राजनितिक संरक्षणमा उन्मुक्ति दिएको भन्दै कर्मचारीहरु थप आन्दोलन गर्ने तयारीमा जुटेका छन् ।

कर्मचारीहरुले सोमबार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म पेन गर्ने जनाएका छन् । कर्मचारी र भन्सार ऐजेन्टहरुले बिहानदेखि पेन डाउन गरेको विराटनगर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत उमेश श्रेष्ठले जानकारी दिए । उनका अनुसार कर्मचारी ट्रेड युनियनको आग्रहमा देशभर भन्सार जाँचपा रोकिएको हो ।

आइतबार एक विज्ञप्ति जारी गर्दै नेपाल निजामति कर्मचारी संगठन विभागीय कार्यसमिति अर्थ मन्त्रालय र नेपाल निजामति कर्मचारी युनियन विभागिय कार्यसमिति अर्थ मन्त्रालयले दोषीमाथी कारबाहि नभए आन्दोलन गर्ने चेतावनी दिएका थिए ।

भन्सार प्रमुख तिम्सिनामाथि आक्रमण भएपछि कर्मचारीहरुले मागे सुरक्षा, ‘तत्काल कारबाहि गरियोस्’

 

GBIME

प्रतिक्रिया दिनुहोस्