Skip to content
Shikhar Insurance
National Life

चौधरी ग्रुपले ल्यायो नेपालमा मोटोरोला स्मार्टफोन, यस्ता छन् फिचर र मूल्य

Hyundai
NCELL
NIMB

काठमाडौं । चर्चित मोबाइल ब्रान्ड मोटोरोला चौधरी ग्रुपले नेपाल भित्र्याएको छ। सिजी ग्रुपले मोटोरोलाका विभिन्न सिरिजहरु बिक्री सुरु गरेको हो ।

बिहिबार (माघ १७ गते) एक कार्यक्रम गर्दै सिजी ग्रुपले मोटोरोला ब्राण्डका विभिन्न सिरिजहरु सार्वजनिक गरेकव हो । चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले मोटोरोला ब्रान्डका मुख्य विशेषताहरु प्रस्तुत गरेका थिए ।

मोटोरोला स्मार्टफोनहरु छिटो र सहज प्रयोग रुपमा प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ । शक्तिशाली र्याम (RAM)  ठूलो स्टोरेज र क्यामेरा फिचरले मोटोरोला स्मार्टफोनलाई उत्कृष्ट रहेको कम्पनीको दाबी छ ।

फोन सार्वजनिक गर्दै सिजी ग्रुपका संचालक चौधरीले भने, “मोटोरोला स्मार्टफोन पानीमा पर्दा पनि केहि हुँदैन र बलियो डिजाइन सहित आउने भएकाले लामो समयसम्म टिकाउ छ । फोल्ड गर्न मिल्ने डिस्प्लेदेखि आधुनिक प्रविधिसम्म, मोटोरोलाले सधैँ नयाँ प्रविधि ल्याउँदै आएको छ।”

नेपाली बजारको मागलाई ध्यानमा राख्दै कम्पनीले उचित मूल्यमा प्रिमियम फिचरहरूको मोबाइल उपलब्ध गराएको छ ।

यस्ता छन् फोनका विषेशता

मोटो जी ४५ फोनको मोडेल ८ जीबी र्याम र १२८ जीबी स्टोरेज क्षमता रहेको छ । यो फोनको मूल्य २४ हजार ४९९ रुपैयाँ छ । मोटो जी ६४, मा ८ जीबी र्याम र १ सय २८ जीबी स्टोरेज रहेको यो फोनको मूल्य २७ हजार ४ सय ९९ छ । यसको १२ जीबी र्याम र २ सय ५६ जीबी स्टोरेज रहेको भेरियन्टको मूल्य ३० हजार ९ सय ९९ छ ।

यसैगरी मोटो जी ८५ ८ जीबी र्याम र १२८ जीबी स्टोरेज दिइएको छ । मोटो जी८५ को मूल्य कम्पनीले ३४ हजार ४९९ रुपैयाँ राखेको छ । यस्तै १२ जीबी र्याम र २५६ जीबी स्टोरेज रहेको मोटो जी८५ को मूल्य ३७ हजाार ४ सय ९९ रुपैयाँ छ । मोटो एज ५० फ्युजन १२ जीबी र्याम र २५६ जीबी स्टोरेजमा उपलब्ध छ । यो मोडेलको मूल्य ४६ हजार ४ सय ९९ रुपैयाँ छ ।

मोटो जी०५, मोटो जी३५, मोटो एज ५० र मोटो रेजर ५० को मूल्य भने सार्वजनिक हुन बाँकी रहेको कम्पनीले जानकारी दिएको छ ।

सस्तो मूल्यमा उच्च प्रविधियुक्त मोबाइल

सिजि मोबाइल्सले नेपाली उपभोक्तालाई नवीनतम प्रविधि उचित मूल्यमा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ। Moto Razr 50 को फोल्ड गर्न मिल्ने डिजाइन प्रिमियम स्मार्टफोन प्रयोगकर्ताहरुलाई लक्षित गरिएको छ भने, Moto G45 र Moto G64  ले सानो बजेटमै उत्कृष्ट प्रविधि उपलब्ध गराउनेछ ।

सिजि डिजिटल आउटलेटहरुबाट स्मार्टफोन खरिद गर्दा शुन्य प्रतिशत इएमआई सेवा उपलब्ध गराउने घोषणा गरेको छ। नेपालमा मोटोटोलाको आगमनले उपभोक्ताहरुलाई भर पर्दो, उत्कृष्ट प्रदर्शन र उचित मूल्यका स्मार्टफोनको नयाँ विकल्प दिनेछ। साथै, यसले नेपालको स्मार्टफोन बजारमा नयाँ प्रतिस्पर्धा ल्याउने कम्पनीले जानकारी दिएको छ ।

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्