काठमाडौं । धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले नयाँ स्टक एक्सचेन्जको लाइसेन्स वितरण गर्ने प्रकृया पुन:सुरु गरेका छन् ।
अध्यक्ष श्रेष्ठले नयाँ स्टक एक्सचेन्जको मात्रै एजेण्डा राखेर बिहिबार ५ बजेपछि बोर्ड बैठक बोलाएका थिए । बोर्ड बैठकमा ६ जना सदस्यहरु मध्ये ५ जना सदस्य सहभागी भएका छन् ।
स्रोतका अनुसार बैठकमा अध्यक्ष सन्तोष नारायण श्रेष्ठ, अर्थ मन्त्रालयका प्रतिनिधि महेश बराल, कानुन मन्त्रालयका प्रतिनिधि विनोद कुमार भट्टराई, राष्ट्र बैंकका प्रतिनिधि रेवतिप्रसाद नेपाल आइक्यानका प्रतिनिधि निल सारु मगर र विज्ञ सदस्य भोलानाथ ढुङगाना उपस्थित भएका थिए ।
यस्तै, नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसिआई) का प्रतिनिधि गोकर्णराज अवस्थी भने अनुपस्थित भएका छन् । बैठकमा सहभागी अधिकांस सदस्यहरुले अहिले तत्कालै नयाँ स्टक एक्सचेन्जको लाइसेन्स प्रकृया अघि नबढाउन अधिकांस सदस्यहरुले अध्यक्ष श्रेष्ठलाई राय दिएका थिए । बैठकमा अध्यक्ष श्रेष्ठले चिन्तामणी सिवाकोटीले तयार गरेको नयाँ स्टक सम्बन्धि प्रतिवेदन अध्ययन गर्न गठन गरिएको समितिको रिपोर्ट पेश गरेका थिए । तीन कर्मचारीले तयार गरेको प्रतिवेदनमा नयाँ स्टकको लाइसेन्स वितरण गर्नुपर्ने राय लेखेका छन् ।
बोर्ड सदस्यहरुमध्ये अधिकांस सदस्य लाइसेन्स नदिने पक्षमा छन् । राष्ट्र बैंकका निर्देशक तथा सदस्य नेपालले नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई नै सुधार गरि अघि जान सुझाव दिएका छन् । यसैगरी, विज्ञ सदस्य ढुङगाना र सारु मगर विवादित बन्ने भन्दै चिन्तित छन् । अर्का सदस्य अवस्थी भने अहिले नयाँ स्टक एक्सचेन्ज आवश्यक नभएकोले सो विषयमा प्रवेश नै गर्न नहुने धारणा राख्दै आएका छन् ।
नयाँ स्टकको विषयमा रामेश्वर खनाल नेतृत्वको उच्च स्तरिय आर्थिक सुझाव आयोगले समेत नेप्सेलाई नै पुन:संरचना गरी अघि बढाउन सुझाव दिएको छ ।
तर अध्यक्ष श्रेष्ठ भने नयाँ स्टकको लाइसेन्स वितरण आफ्नो मुख्य एजेन्डा भएको भन्दै ढिला गर्न नहुने भन्दै सदस्यहरुसँग नै रिसाउन थालेका छन् । अध्यक्ष श्रेष्ठ नियुक्ति हुनुको मुख्य विषय नै स्टकको लाइसेन्स हो ।
पछिल्लो समय धितोपत्र बोर्ड निकै विवादित बन्दै आइरहेको छ । आइपीओ अनुमति विषयमा बोर्ड अध्यक्ष श्रेष्ठले बिचौलिया खटाएर कमिशन माग्ने गरेको आरोप उनीमाथी छ ।
प्रतिक्रिया दिनुहोस्