Skip to content
Shikhar Insurance
National Life

नयाँ स्टकको लाइसेन्स बाढ्न भन्दै अध्यक्ष श्रेष्ठले बिहिबारका लागि डाके बोर्ड बैठक, ‘अख्तियार हेरेको हेरेई’

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल धितोपत्र बोर्डका विवादास्पद अध्यक्ष सन्तोष नारायण श्रेष्ठले नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स वितरण सम्बन्धी एकल एजेण्डा राखेर जेठ २२ गते बिहिबारका लागि बोर्ड सञ्चालक समितिको बैठक डाकेका छन् ।

अख्तियारको छानविनको दायरामा रहेका बोर्ड अध्यक्ष श्रेष्ठले नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स वितरण प्रक्रिया आरम्भ गर्ने सम्बन्धी एकल एजेण्डामा जेठ २२ गते बिहिबार साँझ ५ बजे बोर्डको सञ्चालक समिति बैठक बोलाएका हुन् । यसअघि पनि पटक पटक नयाँ स्टकको लाइसेन्स प्रक्रिया अघि बढाउने एजेण्डा राखेर बैठक डाक्दै आएका श्रेष्ठले यसपाली भने ‘जसरी पनि पास गर्ने’ भन्दै सञ्चालक समितिको बैठक डाकेको स्रोत बताउँछ ।

उर्जा उत्पादकहरुसँग आईपीओ निष्काशनका लागि विचौलियाहरु मार्फत कमिसन मागेको आरोप श्रेष्ठ माथि लागिरहेको छ । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल(इप्पान)ले बोर्ड अध्यक्ष श्रेष्ठको नाम लिएर उर्जा उत्पादकहरुसँग कमिसन मागेको आरोप लगाउँदै सो सम्बन्धी प्रमाणसहित अख्तियार दुरुपयोग अनुसन्धन आयोगमा उजुरी गरेको थियो ।

इप्पानको उजुरीपछि अख्तियार टोलीले बैशाख २४ गते धितोपत्र बोर्डमा छापा मारेर आईपीओ निष्काशन सम्बन्धी कागजात लगेको थियो । करिब एक हप्ता अघि बोर्ड अध्यक्ष श्रेष्ठलाई अख्तियार टोलीले टंगालमै बोलाएर बयान समेत लिएको थियो ।

उता, संसदमा पनि बोर्ड अध्यक्ष श्रेष्ठमाथि छानविन गर्नुपर्ने माग उठिरहेको छ । काँग्रेस सांसद तथा डलर अर्बपति बिनोद चौधरी, राप्रपा सांसद रोशन कार्की, रास्वपा सांसद विराजभक्त श्रेष्ठ लगायतले बोर्ड अध्यक्ष श्रेष्ठमाथि छानविन हुनुपर्ने माग गरिरहेका छन् ।

संसदको प्रतिनिधि सभा बैठकमा माओवादी केन्द्रका सांसद माधव सापकोटा र राप्रपा सांसद रोशन कार्कीले धितोपत्र बोर्डका अध्यक्ष माथि छानविन गरि कारवाही गर्न माग गरेका थिए । अख्तियारले मुद्दा दर्ता गर्न केहि समय लगाउने सुइको पाएपछि मुद्दा भन्दा अघि नै लाइसेन्स वितरण गर्न बोर्डले तयारी थालेको हो ।

आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेटले नयाँ स्टक एक्सचेन्जको विषयमा केहि बोलेको छैन । नेपाल स्टक एक्सचेन्ज (नेप्से) कै पुनसंरचना गर्ने उल्लेख छ । पुर्व सचिव रामेश्वर खनालल नेतृत्वको उच्चस्तरिय आर्थिक सुझाव आयोगले दिएको सझावमा पनि नयाँ स्टक एक्सचेन्ज भन्दा नेप्सेकै पुनसंरचनामा जोड दिएको छ ।

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्