Shikhar Insurance
National Life

अध्यक्ष दाहालको टिप्पणी- ‘संसदमा रहेको विधेयक फिर्ता नलिई अध्यादेश ल्याउनु सरकारको निरङ्कुश कदम’

सिंहदरबार संवाददाता
२०८१ माघ १५, मंगलवार १७:२१
Hyundai
NCELL
NIMB

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले सरकारले अलोकतान्त्रिक र निरङ्कुश शैलीमा अध्यादेश ल्याएको बताउँदै विपक्षी दलहरुले सामुहिक विरोध गर्ने बताए । मंगलबार समाजवादी मोर्चा नेपालले काठमाडौंमा आयोजना गरेको विचार सभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन् ।

उनले संसदमा रहेको विधेयक फिर्ता समेत नलिई अध्यादेश ल्याउनु सरकारको स्वेच्छाचारी र निरङ्कुश कदम भएको आरोप लगाए । उनले सरकार प्रतिमनतिर गइरहेको बताउँदै यसका विरुद्ध विपक्षी दलहरु सामुहिक रुपमा सदनमा प्रश्तुत हुने समेत बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

अध्यक्ष दाहालले वर्तमान सरकार जनता र राष्ट्रविपरितको काम गर्दै मुलुकमा आर्थिक संकट बढाउन उद्धत रहेको समेत बताउँदै केपी ओली नेतृत्वको सरकारले भ्रष्टाचारीका संरक्षण गरेको र राजनीतिक विरोधीमाथि प्रतिशोध साँधेको आरोप समेत लगाए ।

उनले भने, ‘सरकारले अध्यादेशहरु बडो अलोकतान्त्रि र निङ्कुश तरिकाले ल्याएको छ । आफैंले भन्ने गरेको मान्यताविपरित सदनमा भएको विधेयक समेत फिर्ता नलिइकन जवरजस्ति जो अध्यादश ल्याउने काम भएको छ यो स्वेच्छाचारी र निरङ्कुश छ । यो प्रतिगमनतिरको यात्राको पाइलाहरु नै हो भन्नेमहसुस गरेर हामीले तुरुन्तै सदन बोलाइँदैन भने हामी विशेष अधिवेशन बोलाउन वाध्य छौं ।’

‘हामी सदनको पहिलो दिनका बैठकभन्दा अगाडि फेरि एकपटक बैठक बसेर सामुहिक ढंगले कसरि सदनमा प्रश्तुत हुने, सकारले जनताको इच्छाविपरित र राष्ट्रविरोधी क्रियाकलापहरु र देशमा आर्थिक संकट बढाउनका लागि जो काम गरेको छ, भ्रष्टाचारीलाई बचाउने जो काम गरेको छ । आफ्नालाई बचाउने र राजनीतिक विरोधीमाथि प्रतिशोध साँध्ने जुन काम भएको छ त्यसको बारेमा विपक्षी दलहरुलाई सामूहिक रुपले अगाडि बढाउने कोसिश पनि हामीले गरेका छौं’ उनले बताए ।

अध्यक्ष दाहालले मुलुकको विकासका लागि नयाँ समाजवादी क्रान्तीको आवश्यकता रेहको बताउँदै केही मानिस र केही पार्टीहरु मुलुकको वर्तमान व्यवस्थालाई उल्ट्याउने कसरत लागिपरेको समेत उल्लेख गरे ।

उनले संविधान संशोधनको नाममा मजदुर र किसानको अधिकार खोस्ने दुष्प्रयास भइरहेको उल्लेख गर्दै यसको विरोधमा उत्रिनुपर्ने बताए । उनले देशका ठूला भनिएका राजनीतिक पार्टीहरु र तिनका नेताका विचारहरु समाजवाद उन्मुखतिर नभई प्रतिगमन र संविधानको लक्ष्यलाई पछाडि पार्नेतिर परिलक्षित रहेको टिप्पणी गरे ।

उनले आफू नेतृत्वको सरकारले भ्रष्टाचार विरोधी अभियान चलाउँदै मुलुकलाई आर्थिक हिसावले राहत दिने काम गरेको समेत जिकिर गरे ।

अध्यक्ष दाहालले भने, ‘देशको विद्यमान यथार्थतामा नयाँ समाजवादी क्रान्तीको विकल्प आवश्यक छ । हामीले हा्रो जीवनमा जस्तो परिर्वनको अपेक्षा गरेको हो त्यस्तो हुन सकेन । विगतको लामो अनुभनवबाट एकथरि पार्टी र मानिसहरु परिवर्तनलाई उल्ट्याउने जमर्को गरिनै राखे । कहिले पटकपटक संविधान मिचेर संसद विघटन गर्नेदेखि कहिले कथाकथित संविधान संशोधनको नाममा यो देशका मजदुर किसानका अधिकार खोस्ने जमर्को भइरहेको छ । अर्कोतिर समाजवादी मोर्चा यो संवधानका उपलब्धीहरुलाई अझै परिमार्जन गर्नुपर्छ । यो पर्याप्त छैन भनेर लागेका छौं । संविधानले समाजवादउन्मुख त भन्यो तर हाम्रा गतिविधि उन्मुख छैनन् ।’

आफू नेतृत्वको तत्कालिन सरकारले भ्रष्टाचारविरोधी अभियान चलाएको र उक्त अभियान यथास्थितिवादी र प्रतिगामीहरुलाई मन नपरेको कारण सरकार ढालिएको उनको भनाइ छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्