Skip to content
Shikhar Insurance
National Life

सीजी मोटर्स हिरोद्वारा पोखरामा ‘एक्सट्रयाक’, अफ-रोड ट्रयाक राइडिङ्गको अनुभव प्रदान गर्ने लक्ष्य

Hyundai
NCELL
NIMB

काठमाडौं । सी.जी. हिरो मोटोकर्पले पहिलो संस्करणको रुपमा धुलिखेलमा अवस्थित ँडर्ट टेम्पल” मा ३ सय भन्दा बढी राईडरहरुको सहभागितामा साथ भव्य रुपमा ँएक्सट्रयाक” ईभेन्ट सम्पन्न गरे पश्चात दोश्रो संस्करण पोखरामा आयोजना गर्ने भएको छ ।

उक्त ईभेन्टमा मोटरसाईकल प्रेमी राईडरहरुले डर्ट ट्रयाक एवं अफ रोड राईडिङ्गको अविष्मरणिय अनुभव गर्न पाउने आयोजक कम्पनीले जनाएको छ ।

ईभेन्टमा सहभागिहरुले हिरोको एडभेन्चर श्रेणीका मोटरसाईकल विशेषत: हिरो एक्सपल्स २०० फोरभि र एक्सपल्स २०० फोरभि प्रो, विशेष रुपमा डिजाईन गरि तयार पारिएको ट्रयाकमा प्रत्यक्ष रुपमा चलाएर आफ्नो अफरोड राईडको स्किलको समेत परिक्षण गर्ने अवसर प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

कार्यक्रममा सुरक्षाका समग्र मापदण्डको सुनिश्चिकताका साथै व्यवसायिक मार्शलहरुको प्रत्यक्ष प्रशिक्षण एवं निर्देशनमा सहभागिहरुले आफ्ना अफरोड राइडिङ्ग कलाको टेस्ट गर्नुका साथै थप राइडिङ्ग टिस्प पनि प्राप्त गर्ने अवसर प्राप्त गर्नेछन् ।

पोखराको महेन्द्र गुफा नजिक आयोजना हुने वहुप्रतिक्षित ‘एक्सट्रयाक इभेन्ट’ विहान १० बजेवाट शुरु हुनेछ । यस ईभेन्टमा सहभागिता जनाउन चहानु हुने ईच्छुक महानुभावहरुले समयमा नै हिरो मोटोकर्प नेपालको सोसियल मिडिया पेज गई नि:शुल्क रुपमा रजिष्ट्रेसन गरि आफ्नो सिट सुरक्षित गर्न सक्ने कम्पनीले जनाएको छ ।

सहभागिताका लागि ईच्छुक राईडरहरुले चालक अनुमती पत्रका साथ सेफ्टी गियरहरु आफ्नो साथमामा लिएर आउनु पर्नेछ ।

ईभेन्टमा सहभागी तथा अनुभवी राईडरहरुका लागि हिरो मोटोकर्प नेपालका तर्फवाट मोटरसाईकल उपलब्ध गराईनेछ । साथै कम्पनीका तर्फबाट नि:शुल्क एक्सपल्स ब्राण्डेड जर्सी लिमिटेड एडिशनको व्यवस्था गरिएको कम्पनीले बताएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्