Skip to content
Shikhar Insurance
National Life

ग्लोबल आइएमई बैंक पीसीआई-डीएसएसमा प्रमाणीकरण

Hyundai
NCELL
NIMB

काठमाडौं । ग्लोबल आइएमई बैक लिमिटेड कार्ड प्रयोगकर्ताको डाटा सुरक्षास्तर प्रमाणीकरण गर्ने पेमेन्ट कार्ड इन्डष्ट्रि डाटा सेक्युरिटि स्टान्डर्ड (PCI DSS v4.0.1) मा प्रमाणीकरण भएको छ । नेटवर्क इन्टेलिजेन्सबाट पीसीआई–डीएसएसमा प्रमाणीकरणसँगै बैंकका कार्ड प्रयोगकर्ताको डाटा सुरक्षित भएको प्रमाणित भएको हो।

नेटवर्क इन्टेलिजेन्स पीसीआई सेक्युरिटि स्टान्डर्डस् काउन्सिलबाट मान्यता प्राप्त क्वालिफाइड सेक्युरिटि असेसर (क्यूएसए) हो । यो निजी संस्थाले कार्डको सुरक्षासम्बन्धी विषयहरु मूल्याङ्कन गर्ने गर्दछ।

नेटवर्क इन्टेलिजेन्सबाट कार्डको सुरक्षासम्बन्धी मूल्याङ्कन र पीसीआई–डीएसएसमा प्रमाणीकरणसँगै बैंकका कार्ड प्रयोगकर्ताको डाटा सुरक्षित भएको प्रमाणित हुन्छ। बैंकले कार्ड प्रयोगकर्ताहरुको डाटाको सुरक्षा सुनिश्चिताको लागि प्रणालीगत र संस्थागत रुपमा आन्तरिक नियन्त्रण गर्न आवश्यक सुरक्षा डिजाइन र कार्यान्वयनमा विशेष ध्यान दिएको छ ।

प्रयोगकर्ताको डाटा सुरक्षामा बैंकले निरन्तर प्रयास जारी राख्नुका साथै आफ्नो प्रतिवद्धतालाई स्वतन्त्ररुपमा प्रमाणित गरेको हो । ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड २०२४ तथा युरो मनी अवार्ड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रुपमा सम्मानित बैंक हो ।

साथै ग्लोबल आइएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय संघ–संस्थाहरुबाट फरकफरक विधामा सम्मानित भएको छ।

GBIME

प्रतिक्रिया दिनुहोस्