Shikhar Insurance
National Life

लोडसेडिङले गर्दा सिमेन्टको मूल्य बढाउनु परेको हो, प्रतिबोरा ११५ रुपैयाँ मात्रै नाफा लिनु: संघ

सिंहदरबार संवाददाता
२०८१ माघ ११, शुक्रबार १७:३५
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल सिमेन्ट उत्पादक संघले लोडसेडिङले गर्दा सिमेन्टको मूल्य बढाउनु परेको बताएको छ । सिमेन्टको मूल्यमा काट्रेलिगं भएको भन्दै चर्को आलोचना भएपछि संघले लागत मूल्य बढेको कारण मूल्य बढाएको बताएको हो ।

लागत मूल्य भन्दा कममा बिक्री गर्नु परेकोले मूल्य समायोजन गर्नु परेको संघका अध्यक्ष रघु नन्दन मारुले बताए । अध्यक्ष मारुले भने, ूसबै उद्योग घाटामा चलेका छन् । कुनै पनि सिमेन्ट उद्योगले नाफामा काम गर्न सकेको छैन, हामीले मूल्य वृद्धि होइन समायोजन गरेका हौँ ।ू

Citizen Life
Kumar Bank
Prabhu Insurance

उद्योगमा १२ घण्टासम्म लोडसेडिङ भएको संघका महासचिव विस्नु न्यौपानेले बताए । उनले भने, ‘लोडसेडिङका कारण सिमेन्ट उद्योगको प्रतियुनिट लागत १० रुपैयाँबाट बढेर १८ रुपैयाँ पुगेको छ, १२ घण्टा लोडसेडिङ हुँदा जेनेटर चलाउनु परेको छ, निर्माण व्यावसायिले सिमेन्ट उद्योगको बाकि भुक्तानी दिन सकेको छैन ।’

सिमेन्ट उद्योगहरुले ठूलो नोक्सानीका कारण बैंकहरुबाट लिइएको कर्जा रकमको व्याज र किस्ता भुक्तानी, कच्चा पदार्थहरुको खरिद, आयात, उद्योगहरुमा पछिल्ला केहि महिनादेखि नेपाल विद्युत प्राधिकरणबाट १२ घण्टासम्म दैनिक विद्युत कटौती भईरहेको अवस्थामा जेनेरेटरबाट बैकल्पिक उर्जाको व्यवस्था गरी उद्योग संचालन गर्दा उत्पादन लागतमा भएको बृद्धि साथै ढुवानी भाडामा भएको वृद्धि लगायतका कारण उद्योग संचालन नै गर्न नसक्ने अवस्था आएको संघको भनाइ छ ।

उद्योगहरुले श्रमिक कर्मचारीहरुको तलब भत्ता भुक्तानी, विद्युत महसुल रकम भुक्तानी, बैकल्पिक उर्जाको लागि इन्धन खरिद, कच्चा पदार्थको भुक्तानी, बैंक किस्ता र व्याज भुक्तानी जस्ता नियमित खर्चहरु धान्नको लागि उत्पादन लागत भन्दा निकै कम मूल्यमा सिमेन्ट विक्री गरी तरलता व्यवस्थापन गर्नुपर्ने बाध्यताको कारण विगतमा सिमेन्टको मूल्यमा अस्वभाविक गिरावट अएको छ ।

अरबौं लगानी गरि स्थापना भएका उद्योगहरुले मुनाफा गर्न नसकी ठूलो नोक्सानी भई नेपालमा संचालित कुल ६५ वटा सिमेन्ट उद्योगहरु मध्ये २२ वटा सिमेन्ट उत्पादन गर्ने उद्योगहरु यस अवधिसम्म पूर्णत: बन्द भएको संघको भनाइ छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्