Shikhar Insurance
National Life

आर्थिक मन्दीको मारमा सिमेन्ट उद्योग: निर्माण रोकिँदा उत्पादनमा भारी गिरावट

सिंहदरबार संवाददाता
२०८१ फाल्गुन ४, आईतवार १८:१०
Hyundai
NCELL
NIMB

काठमाडौं । पछिल्लो समय निर्माण क्षेत्रमा परेको प्रभावले सिमेन्ट उद्योगहरु समेत आर्थिक मन्दीको मारमा परेको छ । नेपाल सरकारले निर्माण व्यवसायीहरूलाई समयमा वक्यौता उपलब्ध नगराएपछि निर्माण व्यवसायीहरुले काम ठप्प गरेको थियो, जसको असर प्रत्यक्ष सिमेन्ट उद्योगमा देखिएको छ ।

बजारमा माग घटेसँगै सिमेन्ट उत्पादनमा भारी गिरावट आएको छ । उत्पादन र बजारमा माग घट्दा सिमेन्ट उद्योगको वित्तीय अवस्था संकटोन्मुख अवस्थामा पुगेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत चार सिमेन्ट कम्पनीहरूले दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सो विवरण अनुसार सिमेन्ट उद्योगहरुको अवस्था कमजोर बन्दै गएको देखिएको हो ।

यस्ता छन् नेप्सेमा सूचीकृत चार सिमेन्ट कम्पनीहरूले वित्तीय सूचक

सर्वोत्तम सिमेन्ट

नेप्सेमा सूचीकृत चार सिमेन्ट कम्पनी मध्ये सर्वोत्तम सिमेन्टले सबैभन्दा धेरै नाफा कमाएको छ ।

कम्पनीले चालु आवको ६ महिनामा २४ करोड १४ लाख रुपैयाँ ५ हजार रुपैयाँ नाफा आर्जन गरेको छ, जुन गत आवको सोही अवधिको तुलनामा कम्पनीले आफ्नो नाफा ६८९.२३ प्रतिशतले बढी हो । कम्पनीले गत आवको सोही अवधिमा ३ करोड ५ लाख ८७ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो ।

त्यस्तै, कम्पनीको चुक्तापुँजी ४ अर्ब ९७ करोड रुपैयाँ, प्रतिसेयर आम्दानी ९.७० रुपैयाँ र नेटवर्थ १८६.६६ रुपैयाँ रहेको छ ।

शिवम सिमेन्ट

यस अवधिमा शिवम सिमेन्टको भने नाफा घटेको छ । गत आवको सोही अवधिको तुलनामा कम्पनीले ६१.७७ प्रतिशत कम नाफा गरेको हो । यसअवधिमा शिवम सिमेन्टले ५ करोड ६८ लाख १० हजार रुपैयाँ नाफा कमाएको छ । गत आवमा कम्पनीको यस्तो नाफा १४ करोड ८५ लाख ९७ हजार रुपैयाँ थियो ।

५ अर्ब ४५ करोड ६८ लाख रुपैयाँ चुक्ता पुँजी रहेको शिवम सिमेन्टको प्रतिसेयर आम्दानी २.०८ रुपैयाँ र नेटवर्थ १७५.३१ रुपैयाँ रहेको छ ।

सोनापुर सिमेन्ट

चालु आर्थिक वर्षको पुष मसान्तसम्ममा सोनापुर सिमेन्टको नाफा १२ करोड २० लाख ८५ हजार रुपैयाँमा सिमित रहेको छ । कम्पनीले गत आवको सोही अवधिमा १४ करोड ७८ लाख ५३ हजार रुपैयाँ नाफा कमाएको थियो । गत आवको सोही अवधिको तुलनामा कम्पनीको नाफामा १७.४३ प्रतिशतले गिरावट आएको हो ।

सोनापुर सिमेन्टको चुक्तापुँजी ३ अर्ब ७ करोड ५० लाख रुपैयाँ, प्रतिसेयर आम्दानी ७.९४ रुपैयाँ र नेटवर्थ १८४.३६ रुपैयाँ रहेको छ ।

घोराही सिमेन्ट

चालु आवको दोस्रो त्रैमाससम्ममा घोराही सिमेन्टले ६६ करोड ७१ लाख ३ हजार रुपैयाँ नाफा कमाएको छ, जुन गत अवाको सोही अवधिको तुलनामा ५९.४३ प्रतिशतले कम हो । गत आवमा कम्पनीले ४१ करोड ८४ लाख ३८ हजार रुपैयाँ नाफा कमाएको थियो ।

घोराही सिमेन्टको चुक्तापुँजी ४ अर्ब ५६ करोड ७६ लाख रहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्