Skip to content
Shikhar Insurance
National Life

कुसाङ लामा र नारायण पौडेललाई प्रतिवादी बनाउँदै २५ करोड बिगो मागदाबी सहित मुद्दा दर्ता

Hyundai
NCELL
NIMB

काठमाडौं । राजस्व अनुसन्धान विभागले २५ करोड वैदेशिक मुद्रा अपचलनमा २ जना विरुद्ध मुद्दा दर्ता गरेको छ । विभागले जिल्ला अदालत काठमाडौंमा मुद्दा मुद्दा दर्ता गरेको हो ।

२०८१ चैत १२ गते उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले टोखा न.पा. वडा नं. २ झोरस्थित सडकमा टोखादेखि झोरतर्फ जाँदै गरेको ना ७ ख १६५२ नं को कन्टेनर (ट्रक) मा २५ करोड बराबरको विदेशी मुद्दा जफत गरेको थियो । ट्रक चालक कुसाङ लामा सहित थप अनुसन्धानका लागि प्रहरीले ट्रक पैसा र चालक सहित विभालाई बुझाएको थियो ।

विभागको अनुसन्धानबाट २५ करोड बोकेको ट्रक र पैसा नारायण पौडेलको भएको खुलेको छ । पौडेल हाल फरार छन् । विभागको अनुसन्धान दोस्रो तेस्रो तहमा पुग्ने अनुमान गरिएपनि नेपाल प्रहरी र विभागको सहकार्य हुन नसक्दा प्रभावकारी अनुसन्धान हुन सकेन ।

विभागले दुई जना विरुद्ध २५ करोड ३४ लाख ७८ हजार रुपैयाँ बिगो माग दाबी गरेको छ । लामा र पौडेल विरुद्ध विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा ३.४५ र ९ को कसूरमा मुद्दा चल्ने छ । साथै ट्रम पनि लिलामी गर्न अदालतसँग विभागले अनुमति मागेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्