Skip to content
Shikhar Insurance
National Life

क्यानडाको चुनावमा कार्नीको पार्टी अधिक बहुमतले विजयी, अब प्रधानमन्त्री पनि कार्नी नै बन्ने

Hyundai
NCELL
NIMB

काठमाडौं । क्यानडाको लिबरल पार्टीले फेडेरल चुनाव जितेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विरोधकाबिच लिबरल पार्टीले चुनाव जितेको हो ।

पुर्व प्रधानमन्त्री जस्टिन ट्रुडोले आफूले राजिनामा दिएर पूर्व गभर्नर मार्क कार्नीलाई प्रधानमन्त्रीका रुपमा अघि सारेका थिए । बैङ्क अफ क्यानडा र बैङ्क अफ इङ्ल्यान्डका पूर्व गभर्नर मार्क कार्नीलाई अब पुन: प्रधानमन्त्री बन्ने बाटो खुला भएको हो ।  कार्नीको पार्टीका लागि बहुमतका लागि १७२ सिट आवश्यक पर्छ । सो भन्दा बढि सिटमा लिबरल पार्टी विजयी भएको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बारम्बार क्यानडालाई अमेरिकामा अवैध आप्रवासनको लागि दोष दिएका छन्, क्यानडालाई ५१ औं राज्यमा परिणत गर्ने धम्की दिएका छन्, र क्यानेडाली आयातहरूमा चर्को शुल्क लगाएका छन्।

 

GBIME

प्रतिक्रिया दिनुहोस्