काठमाडौं । लक्ष्मी इन्टरकन्टिनेन्टलमा म जोडिएर काम गरेको १२ वर्ष पुरा भएको छ । मैले समग्र अटो सेक्टरमा काम गरेको २० वर्ष भयो । म टेक्निकल क्षेत्रबाट आएको हो । टेक्निकल इन्जिनियर हुँ । एमबीए नेपालमै गरे र टेक्निकल पर्सन भएर सर्भिस क्षेत्रमा प्रवेश गरेको हुँ ।
सवारी साधान नेपालमा लक्जरीको एउटा सिम्बोल हो । यसले नेपाली समाजमा प्रगतिको मापन पनि गर्छ । व्यक्तिगत लाइफमा पनि एउटा प्रगतिको मापन गाडीले नै गर्छ । हामी नेपालीहरुलाई गाडीको ‘अ पार्ट फ्रम मोबिलिटि सोलुसन’को बाहेका अरु चिजहरुले पनि रिप्रिजेन्ट गरेको छ । त्यसको कन्टेक्समा यो ठूलो जिम्मवारी हो जस्तो लाग्छ । यसलाई आयातकर्ताहरुले कसरी बुझ्नुपर्छ भन्नेमा मुख्य प्रश्न छ । नेपालमा कन्जुमरको गाडी भनेको सपना मात्रै होइन कि यो मान्छेको लक्ष्य पनि हो ।
गाडी परिवारको इमोसनसँग जोडिएको हुन्छ । त्यो इमोसनको ठूलो भ्यालु पनि छ । पैसाले मात्रै त्यसलाई रिलेट गर्नै सक्दैन तर इमोसन भ्यालु ठूलो हुन्छ । त्यो भ्यालुको जिम्मेवारी कुनै पनि कम्पनीले बोकेको छ भने त्यसलाई पुरा गनुपर्छ भन्ने दायित्वमा भर पर्छ र कम्पनीले कुन हिसाबले दिएको छ भन्नेमा पनि भर पर्छ ।
हुन्डाई मात्रै एउटा यस्तो ब्रान्ड हो जसले २००९ देखि लक्ष्मी इन्टरकन्टिनेन्टललाई आधिकारिक बिक्रेताको रुपमा सुरु गर्यो त्यति बेलादेखि नै त्यसको भ्यालु दिनुपर्छ प्रोडक्ट मात्रै नभएर ग्राहकहरुको एक्सपेरियन्सको कुरामा इच एण्ड एभ्रिथिङमा जुन एक्सपेक्टेसनहरु मिड गराउनुपर्छ । चाहे त्यो प्रोडक्टबाट होस् वा सर्भिसबाट, गाडी बेचिसकेपछि भएपनि उसलाई भ्यालु दिनुपर्छ ।
गाडी भनेको उसको लाइफ टाइमको साथी हो त्यसबाहेकको मोबिलिटिको साधन हो । यसले एउटा गन्तव्यबाट अर्को गन्तव्यमा पुर्याउदाँ एउटा प्रोग्रेसिभ मान्छेको लागि जर्नीमा हेल्प गरिरहेको हुन्छ । त्यो सबै माइन सेट भएको कन्जुमरको लागि उहाँहरुको एक्सपेक्टेसनलाई मिड गर्ने खालको हुनुपर्छ ।
नेपालमा गाडी बजारको अवस्था
नेपालमा प्राइभेट गाडीको मार्केट हेर्दा वार्षिक १२ देखि १४ हजारको बजार हो । । कहिलेकाहि सिचुएसनल इम्पोर्ट फरक छ । सरकारले एउटा पोलिसि डिफाइन गदिन्छ र इम्पोट माथि जान्छ भने फेरी कुनै बेला ट्याक्सेसनमा मोडिफाई हुँदा डिक्लाइन हुन्छ त्यसकारणले यो तलमाथि हुन्छ । फ्रिकोइन्सी हाई छ एभ्रेज ओभरअल नेपालमा १२ हजारको इन्डस्ट्री हो ।
देशको अर्थतन्त्रले उपभोक्ताको गाडी किन्ने क्षमतालाई दर्साउँछ । अर्थतन्त्र जति राम्रो बन्दै गयो उतिनै मानिसहरुको गाडी किन्ने क्षमता पनि बढ्दै जान्छ । नेपाली उपभोक्ताका लागि गाडीमा धेरै अप्सनहरु आइसकेका छन् । यदी इभी गाडी किन्यो भने २० लाख र आईस गाडी किन्यो भने ३० लाखदेखि ७ करोड सम्मका गाडीहरु रहेका छन् ।
सेग्मेन्ट अनुसार कुनमा बढी छ भनेर संसारभरी हेर्ने हो भने सस्तो गाडी बढी र महँगो गाडी कम प्रयोग हुने गर्दछ । तर अचम्मको कुरा नेपालमा त्यो ट्रेन्ड फलो हुँदैन् । हाम्रोमा अहिलेको परिप्रेक्षमा बीचको सेग्मेन्टमा बढी छन् । इकोनमिक हिसाबले ग्रोथ सबैमा भएर हो त भन्ने कुरामा डाइरेक्ट रिफ्लेक्ट हुँदैन । किनभने ४ प्रतिशतको मात्रै आर्थिक वृद्धिदर हुदाँ पनि गाडी बिक्री ७ हजारबाट १४ हजारसम्म पुगेको छ । नेपालमा आर्थिक वृद्धिदरले भन्दापनि कर नीतिले धेरै फरक पारिरहेको छ ।
मासिक जागिर खानेले गाडी किन्न सक्छ ?
इभीको सन्दर्भमा कुरा गर्दा सरकारले सुरुमा २० प्रतिशत डाउन पेमेन्टको व्यवस्था गरेको थियो । तर अहिले सो व्यवस्था परिमार्जन गरी ४० प्रतिशत पुर्याएको छ । ३० देखि ३५ लाखको गाडी किन्दा ग्राहकले थमरुल के हो भने मैले जति कमाएको छु त्यसको ५० प्रतिशत भन्दा माथि मेरो पैसा हुनुपर्यो भनेर सोच्नुपर्छ । १ लाख हाराहारीमा मासिक तलब या आम्दानी हुनेले ३० लाखको गाडी किन्न सक्छ ।
गाडी कसरी छान्ने ?
कुनै पनि कम्पनी छान्दा कुन कम्पनीले कसरी काम गरिरहेको छ, देशमा भन्ने कुरा ग्राहकहरुले बुझ्न जरुरी छ । प्रोडक्टको हिसाबले हेर्दा एकदम कन्फियूजन रहेको छ । कसको प्रोडक्टमा २ वटा फिचर रहेको छ कसकोमा कम भन्ने कुरामा कन्फियूजन हुने नै भयो । मैले मेरो प्रोडक्ट राम्रो भन्छु भने अर्कोले आफ्नोलाई राम्रो भन्छ । त्यसैले टेक्नोलोजी वाइज नेपालीहरुले एउटा हिसाबले एक्सपेरिमेन्ट गर्न हिचकिचाउनु हुँदैन त्यो एउटा कन्जुमरको बानी छ । त्यो बानीले कतिले फाइदा पनि उठाउनु भयो होला । कतिले व्यापारिक दृष्टीकोणबाट हेर्यो भने नेपालीहरु एक्पेरिमेन्ट गर्न रुचाउने भएकोले अलिकति इर्फमेसनलाई कलेक्ट गर्यो भने सजिलैसँग राम्रा गाडीको छनोट गर्न सकिन्छ।
ओभरअल बुझ्नुपर्ने कुरा के हो भने जुन कम्पनीको आयातकर्ता हो उसलाई बुझ्नु जरुरी हुन्छ । उहाँहरुले इभ्यालुएसन गर्ने भनेको आयातकर्ता कति लामो देखि व्यवसायमा हुनुहुन्छ? उहाँहरुको सेट अप भिजन कस्तो छ ? उहाँहरुले राखेको मान्छेहरु कस्ता छन् । गाडी किन्नु भन्दा पहिला ‘इच एण्ड एभ्री’ मान्छेहरुको इभ्यालुएसन गर्नुपर्छ । नेपालीहरुको गाडी त इमोसन हो नि त प्रोगेशको साथि मात्रै नभई इमोसन पनि हो । त्यो गाडीले धेरै कुरा डीर्जभ गनुपर्ने हुन्छ । त्यसकारणले त्यो गाडी ल्याएबापत बाँकी सेवा सुविधाहरु कस्तो छ ? फ्युचरमा परेको समस्याबाट मैले कसरी सेवा सुविधा पाउँछु अथवा त्यसको आफ्टर सेल सरर्भिसको कुरा, मोटर पार्ट्सहरु अभाइलेबल हुन्छ कि हुँदैन भन्ने जस्ता कुराहरुको इभ्यालुएट गर्न एकदम जरुरी छ ।
त्यो हिसाबले प्रोडक्ट छान्नुपर्छ । यदि जसले त्यो सबै तरिकाबाट बुझ्नु हुन्छ उहाँहरुको च्वाइसमा हुन्डाई बाहेकको बेटर अप्सन कुनै पनि हुँदैन । अब हुन्डाईको कन्टेक्समा हेर्ने हो भने २० वटा सर्भिस पोईन्ट रहेका छन् । हाम्रो सोरुमहरुमा आवश्यक अनुसारको मान्छेहरु राखेका छौं । जसलाई हामी आफैंले ग्रुमिङ गराउँदै आएका छौं । हाम्रो आफ्नै ट्रेडिङ इन्स्टिच्युट छ । जसमा १२ वर्षदेखि निखारिएर आफैं ट्रेनर भएर गइरहेका छन् । त्यो सबै कन्जुमरको लागि नै हो । कन्जुमरहरुलाई छिटो सुविधा दिनका लागि कम्पनीले ठूलो मिहिनेत गरिरेको छ।
हुन्डाई आफैंले गर्नेकुरा चाहिँ अलि फरक छ नत्र भने आजको दिनसम्मा नेपालमा अटोमोबाइलको ४ पाँग्रे सेग्मेन्टमा कसैको पनि तपाईले प्रोफिटेबल देख्नु भएको छैन । सिधै ल्याएर बेच्दा फाइदा छ भने एसेम्बल प्लान्ट लगाएर यति धेरै इन्भेष्ट गरेर किन गनुपर्यो भन्ने कुरा केही रिजन हो नि त । त्यो ल्याउने कुरामा इन्भेष्ट गर्नु भनेको यहाँको पिपुलमा एक लेबलको कन्फीडेन्ट दिलाउनु पनि हो ।
हुन्डाईले अहिलेसम्म यति गाडी बिक्री गर्ने भन्ने टार्गेट नै लिएको छैन । यसलाई नेक्स्ट लेबलमा लैजान पर्छ भन्ने हिसाबले हाम्रो बेच्ने टार्गेट नै नगरेका हौं । २००९ मा कुनै पनि सोरुमहरुको स्टक्चर हेर्नुभयो भने साधारण हुन्थ्यो । तर हामी थापाथली जस्तो ठाउँमा अग्लो सोरुम चाहिँ हुनुपर्छ कस्टुमरले पैसा तिरेर आइसकेपछि त्यहाँको एक्सपेरियन्स त राम्रो पाउँनुपर्यो भनेर सुरुबाट नै मिहिनेत गरेका छौं । त्यो एक्पेरियन्स लिनको लागि १० वर्ष अगाडीदेखि गरेका हौं । हामीले किन गरेको भन्दा यो आजको रिजन होइन ।
नेपालमा गाडीको विकासलाई फरक किसमिले डेभलप गनुपर्छ । यो आइडोलोजी हो । त्यो आइडोलोजी जुन कस्टुमरहरुले लोकल डिस्टीब्यूटर आयातकर्ताको स्रोत हुन्छ । चार वटा फिचर गाडीमा कम भएपनि त्यो गाडी लिएपछि म ढुक्क भएर ५ वर्षको ब्रान्ड एक्सपेरीयन्स मैले गर्न पाउँ भन्ने हिसाबले चुज गरे भने म लजिकल हुन्छु ।
आजको दिनमा इलेक्ट्रिकमा माहोल देखिएको छ । यो एउटा माहोल होला के होला भोलिको दिनमा हाइड्रोजन आउन सक्ला फ्युल सेलको अर्को आउन सक्ला त्यो भन्दा बेटर सेलिङ आउन सक्छ । यहि कुरा फाइनल हो भनेर फाइनल गर्ने हुँदैन । मोविलिटिको अप्सनमा हरेक कुरा हुनुपर्छ । हुन्डाईमा बेटर कुरा के छ भने एउटा इन्ट्री लेबलदेखि लिएर कस्टुमरले माथिल्लो जर्नि र हाम्रो प्रोग्रेसिभको पार्टनरसिप सधै होस भनेर एभ्रि प्रोडक्ट उपलब्ध छन् । आईसमा आवश्यक अनुसार क्रेटादेखि प्यालिसेड सम्मको छ भने इभीमा क्रेटा इभि २ वटा भेरियन्टमा आउन लागेको छ । प्रिमियम लेबलमा हेर्ने हो भने कोना, आयोनिक-५ छ । नेपालमा बाहिर हेर्ने हो भने आयोनिक-६, आयोनिक-९ रहेको छ ‘इच एण्ड एभ्री’ हुन्डाईकै जर्नी हुन्डाईकै कस्टुमरमा त्यसै भित्र बसेर उहाँहरुको प्रोग्रेश र हामीहरुको पनि प्रोग्रश संगसंगै हुन सक्छ । यो पार्टनरसीप सदाबहार हुनुपर्छ । हाम्रो हुन्डाई कम्पनीको मिसन यही हो ।
हामीले क्रेटा मात्रै नभएर जुन प्रोडक्ट ल्याएपनि कन्जुमरबाट माया पाएको छौं । माया पाउनुको कारण हामीले पनि कस्टुमरहरुको एक्सपेक्टेसनलाई मिड गराउन सकेर होला । क्रेटा आफैँ एउटा ब्रान्ड भएर होला ५ वर्षदेखि १० हजार बढी क्रेटाको ओनरहरु रहेका छन् । क्रेटाबाट सन्तुष्ट भएर त नयाँ केटा इभीमा अप्सनमा आएपछि कम्टुमरबाट राम्रो रेस्पोन्स आइरहेको छ । अहिले नेपालमा कुनै फ्याक्टरले गर्दा सरकारको नीतिले गर्दा ‘इभी इज मोर अट्रायक्टीभ’ भएको हो । क्रेटा इभीमा आएपछि धेरैको गुनासो छ यँही कुरा पहिलानै आइदीएको भए अझै राम्रो हुन्थ्यो धेरै एक्सपेरिमेन्ट ब्राण्डमा जानु पर्ने थिएन भन्ने छ । ब्राण्डहरु कतिले किन्नु भएको छ सस्तो हुने हिसाबले गर्दा । त्यो हिसाबले कन्जुमरहरुको रेस्पोन्स एकदम राम्रो पाएका छौं । हामी उत्साहित पनि छौं ।
आईस र इभी
इभीमा हाम्रो एक्पेरिएन्स भनेको लिमिटेड कुनै कम्पनी होला नेपालमा त्यसमा हामी पनि परेका छौं । २०१८ मा आयोनिक, २०१९ मा कोना, २०२१ मा आयोनिक ५ ल्याएको हो । जुन नेपाल सरकारको नीति अनुसार इभी सट्रेन प्रतिशत हुनुपर्छ भन्ने कुरा लजिकल नेशनल ओएमा टेस्ट गर्ने बेलामा हामीसँग प्रोडक्ट उपलब्ध रहेको थियो । हाम्रो प्रोडक्ट राम्रो डिमाण्डमा पनि परेको थियो ।
अहिलेको जस्तो भोलुम नहोला तर त्यो हिसाबले हामीसँग मात्रै यो अनुभव रहेको थियो । आजको दिनमा १५० जना टेक्निसिएन छन् त्यो मध्येमा ७५ प्रतिशत इभी सटिफाइड छन् । इभी सटिफाइड भन्नाले जो टेक्निसिएन हुनुहुन्छ उहाँहरुलाई इभीको बारेमा सबै कुराहरु थाहा भएको कुनै कुरा नैलो नहुने र ५० प्रतिशत एक्सपर्ट छन् । २०१८ देखिको काम गरेका मान्छे छन् । यो एक्सपर्टले के गर्न सक्छ भने हाई भोल्टेज ब्याट्री, मोटर र थ्री फेज लाइनहरुको ‘इच एण्ड एभ्री’ कुराहरु थाहा भएको र माइक्रो डाइग्नोसीस गर्ने सानो कम्पोनेन्ट पनि फेर्न परेको हुन्छ त्यो सबै चेन्ज गर्न सक्ने मान्छेहरु डाइनोसीस पनि गर्ने सक्ने मेकानिकलहरु रहेका छन् ।
त्यो हिसाब हामी प्रोडक्ट वाइज रेडी छौं र इन्फ्रस्ट्रक्चरमा पहिले देखि नै तयार छौं । इभी बनाउनलाई कुनै नयाँ भन्ने कुरा छैन् । एसी नेटवर्कमा पहिला देखि नै इनिसिएट गरेको थियो हामीले डिसी नेटर्वक स्टेसन ५ देखि १० सम्म यही महिनाभित्र आइसक्छ । यो वर्षमा २५ वटा डीसी नेटर्वक गर्नेछौं । यो भनेको ब्याट्री म्यानेजमेन्ट जुनचाहिँ कसरी गर्ने फ्युचरमा ब्याट्रीको के हुन्छ भन्ने कुरामा डिफ्रेन्ट लेबल अफ प्यासेन्जर इनिसेन्ट गरेका छौं ।
इभिको रि–सेल भ्यालु
गाडीको रि-सेल भ्यालु के हुन्छ ? भन्ने कुरामा हामी आफैंले यसलाई कसरी कन्जुम गर्ने कुरामा हामीले पोलीसिमा प्लान गरी रहेको छौं । एउटा नयाँ आएको र पहिले देखि गरी रहेकोमा सोचले दृष्टीकोण फरक रहेको छ ।
इभीको लिमिटेशन भनेको २ वटा कम्पोनेन्टले बनेको छ । ५० कस्ट अफ ब्याट्रीको छ ५० प्रतिशत गाडीको छ । २ वटा प्यारालल कुरा इभीलाई जोडनुपर्यो । दुई वटाको डिप्रिसिएसन हुने आफ्नो हिसाबले हो । एउटा डिप्रसिएसन हुन्छ गाडीको नर्मल हिसाबले अईस गाडी वर्षको १० प्रतिशतले डेप्रिसिएट हुन्छ भने यो गाडीलाई पनि १० प्रतिशतको डिप्रिसिएनमा राखौं । ब्याट्रीको डिप्रिसिएसन कसैलाई आइडीया छैन् । कति मा हुने के गर्ने भन्ने कुरा गेशमा कति हालेर किन्ने भन्ने कुरा कसैलाई थाहा छैन । मैले ५ वर्ष पुरानो इभी गाडी किन्नु पर्यो भने त्यो ब्याट्रीको फेर्नको लागि २०/२५ लाख हो भने त्यो पैसा किन खर्च गर्ने भन्ने नयाँ गाडी किन्ने कन्जुमरलाई साइकोलोजीकल्ली पर्ने भयो ।
त्यसको भ्यालु उहाँहरुले जिरो मान्ने भए । गाडीको डिप्रिसिएसन त आफ्नो ठाउँमा छ १०/१५ प्रतिशतको हिसाबले, अब ५० लाखको गाडीमा २५ लाखको ब्याट्री जुन छ त्यसको भ्यालु जिरो भयो। रिमेनिङ गाडी भएकाले कहाँबाट सुरु हुन्छ भने सिग्नीफिकेल्ली तलबाट हुन्छ । यो हामीले नयाँ प्रविधिलाई जम्प गर्यौ यसको डिप्रिसिएशन पार्टमा सरकारबाट त्यो बेलामा हामी ल्याकिङ भयो ।
इभी मात्रै महाङ्गो होइन पार्टसहरु पनि महाङ्गो हुन्छ त्यही पनि यसको एनलाइशिस पहिला हुनुपर्थ्यो । सबै देशमा इभीको अपर्चुनिटी छ सबैले आ-आफ्नो तरीकाले एडब्ट गरेका छन् ।
अर्बौ लगानीको एसेम्बल प्लान्ट
एसेम्बल प्लान्टको कुरा गर्दा पछिल्लो सिनारियोमा हेर्ने हो भने एकदमै च्यालेन्जिङ छ । लजिकल्ली त्यो देखिदैन किनभने मान्छेहरुलाई के लाग्दो रहेछ भने पार्टस-पार्टसको रेटमा आउनुपर्ने नि भन्ने छ एसेम्बल अनएसेम्बल किटको फरक स्टेप ड्यूटी छ । अहिले भएको बाट केही प्रतिशत छुट रहेको छ । छुट भएको मध्येमा हामीले कस्टुमरलाई मूल्य घटाइसकेका छौं । भने ५० प्रतिशत फ्याक्ट्रीको अपरेशन सुरु गर्नुपर्ने एभ्री कुरामा स्थायित्वपन हुन जरुरी छ । दीर्घकालिन भएन भने त्यसको प्रोगेशिभ नै हुँदैन । यसरी हेर्दा अहिले एकदम प्रोसाहित हुने बेला पनि छैन । तर हाम्रो त्यो भिजन होइन् हाम्रो टोटल्ली फरक छ, हामीले आज भन्दा १० वर्ष पछाडी कता जानुपर्छ भन्ने भने हाम्रो भिजन हो । त्यसको लागि चुनौति छ तर त्यो सेटमा गएपछि नेपालको पनि एक लेबल अफ फरक हुन्छ । हाम्रो यहाँको मान्छेको डेभलपमेन्ट, वरपरको डेभलपमेन्टले गर्दा एसेम्बल आजको बिजनेशको पोइन्ट अफ भ्यूबाट देखिदैन् । किनभने गाडी नै ३०/४० प्रतिशत भन्सार आइरहेको हुन्छ । अब त्यसलाई तपाइले कति सम्ममा ल्याएर नेपालको लजस्टिक हाम्रो यहाँको रेट हेर्नुस् । नेपालमा ब्याट्री ल्याउने आफैंमा च्यालेन्ज छ । कन्टेनरमा ल्याउनुपर्छ । सिपमा लेराउँदा एक चोटी आगो लाएको थियो त्यसछि उहाँहरुको गाइडलाईन नै परिवर्तन भएको थियो । त्यसैले च्यालेन्ज छ कसरी सहज बनाउने भन्ने तिर लागेका छौं ।
चिनियाँ ब्राण्डमा किन पछि
सबैभन्दा पहिला आइडोलोजीको कुरा पर्छ । कुनै चाइनीज कम्पनीमा ब्राण्डहरु कलेक्ट गरेको कन्टेष्टमा भन्दा धेरै जस्तो ब्राण्ड चाइनामा २/३ सय इभी प्यानहरु छन् । उसको मार्केट साइज भनेको महिनाको ३० लाख सम्मको रहेको छ । यीनीहरुको ३ सय ब्राण्हरु छन् नेपालमा पनि सानो ठूलो गरेर कम्बाइन गरेर ३ सयको भेराइटी आइसकेको छ । चाइनीज मार्केटमा दीर्घकालिन रुपमा अघ बढ्न चुनौतिपुर्ण छ ।
नेपालमा यी सबै ब्राण्ड आयो भने सर्भाइब कसरी गर्ने ? नेपालको ब्राण्ड भनेको त १२ हजारको हो । उसको यती ब्राण्डलाई त १५/२० लाखमा बेच्दा पनि गार्हो परिरहेको छ भने वर्षको १२ हजारलाई बाढ्दा एक जनाको भागमा २/३ सय पनि आउँदैन् । २/३ सयको गाडी लिएर मैले कन्जुमरलाई कसरी के-के दिने सबैभन्दा पहिला त्यो कन्जुमरको लागि कति पार्टस राख्ने बाँकी अरु सिस्टम कसरी बनाउने । जसले ३०/४० लाख हालेर जस्ले गाडी किन्नु हुन्छ उहाँहरु प्रतिको दायित्व त त्यो सानो अमाउनट त होइन नी त्यो त पुरा गर्नु पर्यो चाहे ३० लाखको होस् चाहे त्यो १ कारोडको होस् । हामीले कमिटमेन्ट गर्ने सक्दैनौं कमिटमेन्ट राम्रो गर्न नसक्ने बित्तीकै अनुभव राम्रो हुँदैन । त्यतीखेर व्यापार होला व्यापारको हिसाबले २ सय ५० को हो भने मिनिमम साइडमा राखेर २ सय ५० लाई बेच्न ग्राहो छैन तर त्यो पछिलाई राम्रो हुँदैन् ।
चाइनाले हेर्ने दृष्टीकोण फरक छ चाइनले हेर्ने भनेको बिजनेश टु बिजनेश हो । चाइनाले आफ्नो बिजनेशलाई बेचेर यहाँको डिष्टीब्युटरलाई यती कमाउँछस् यती गर्छस् भन्ने हो । हामीले हुन्डाईसँग कारोबार गर्दा त्यो भन्दैनन् । उसले कस्टुमरलाई के दिन लागेको छ एक्ट्रा भन्छ । उसको सोचाइ कोरियन काउन्टर पार्टनससँग छ । हुन्डाईले कन्जुमरमा फोकस छ त्यसैले हामी पनि कन्जुमरमा फोकस छ ।
नीतिगत अस्थितरता
अटोमोबाइलमा सरकारले लिने नीति निकै अस्थिर छ । यो सबै मार्केटको अप एन डाउन क्रिएसन भएको नै पोलिसिको करणले हो । उदाहरण दिनु पर्दा २० हजार बढी इभी गाडीहरु छन् । एउटा आईस इन्जिनले महिनाको १ हजार लिटर तेल खार्यो भने साढे २ अर्बको तेल इभीले बचायो यो सबै हाम्रो अब्जेभ्टिभ इभीलाई छुट दिने भनेको हाम्रो हाइड्रोइलेक्टीसिटी छ । तेलको खर्च ३ सय अर्ब रहेको छ नेपालममा त्यसको सिग्नीफिकिल पैसा म बचाँउछु । आयात घटाउछु भनेर सरकारले काम गरेको छ ।
वर्षमा साढे २ अर्ब बचाउने सरकारको योजना छ । यसलाई सरकारी पोइन्ट अफ भ्यूबाट भन्दा २५ हजार गाडीबाट राजस्व एउटा गाडीबाट १५ लाखको हाराहारीमा १५ लाख मानेर हिसाबले गर्दा ३० अर्बको रेभिन्यू लस भयो सरकारको पैसा यो कन्जुमरको हिसाबले होइन । सरकारको पोइन्टबाट हेर्दा र २ अर्ब बचाउन ३० अर्ब घाटा खानु पर्यो । २ अर्ब पनि ७ वर्षमा १५ अर्ब हुन्छ त्यती बच्यो भन्ने हुन्छ तर आजको दिनमा ३० अर्ब घाटा त भयो नि । अर्को कुरा सरकारले विद्युतिय गाडीको पिक पावर (किलोवाट) मा कर निर्धारण गरिरहेको छ । यो असाध्यै अवैज्ञानिक छ । उदाहरणको लागि सामान्य रुपमा एउटा गर्मीमा प्रयोग गर्ने फ्यानमा ४ नम्बरसम्म स्पिड नम्बर हुन्छ । तर यसलाई १ नम्बरमा ल्याउँदा यति भन्सार २ नम्बरमा यति ३ नम्बरमा ल्याउँदा यति भनेको तोक्यो भने पक्कै पनि मैले त्यो गाडी १ नम्बरबाट नै भन्सार छुटउँछु । यसरी सरकारले किलोवाटमा कर दर निर्धारण गर्दा वैज्ञानिक रुपले गरेको छैन । यसले राज्यको राजस्वमा ठूलो असर परिरहेको छ ।
ओभरअल यो पालिको क्यापिटल एक्सपेन्डिचर २० प्रतिशत पनि छोएको छैन । यो २ वर्षमा डेभलपमेन्ट बजेटको कुनै पनि आस नगर्दा हुन्छ । किनभने चालु खर्च नै धान्न सकेको छैन । अब हामी मात्रै राम्रो गाडी चढेर के गर्ने बाटो नै राम्रो छैन भने । देशलाई पैसा किन आवश्यक छ भन्ने कुरा बुझ्न आवश्यक छ । देशलाई पुर्वधार राम्रो बनाउन पैसा आवश्यक हो । यसको भ्यालु कुन रिडीङ ठिक हो भन्ने कति सम्म राख्यो भने इभी, तेल, कस्टुमरलाई पनि हुन्थ्यो कति सम्म स्याक्रिफाइज आवश्यक छ बुझ्न जरुरी छ । अबको ४ वर्षमा नयाँ कुनै पनि कुरा हुदैँन नयाँ पुर्वाधार बन्दैन भने यहाँ एफडीआई किन आउँछ, नयाँ मान्छेहरुले नयाँ बिजनेश गरेर किन बस्ने भने आजको लिड त बाटो पुर्वाधार हो ।
कन्जुमर पोइन्टबाट हेर्दा फाइदा छ तर गाडीमा ३० लाखको पाएर के गर्ने बाटो भएन भने । बाटो राम्रो होस न तर गाडीलाइ ३५ लाख परोस् सरकारलाई ५ लाख होस बाटो राम्रो बनोस् । पछिल्लो समय त नेपाल ग्रे लिस्टमा परेको छ यसको समस्या त अझै आउन बाँकी छ । कन्जुमरलाई फाइदा भयो सबैले इभीको बिजनेश देखियो नेपालमा र जस्तो पनि लिगेका हुन्छन् पैसा फसेको हो कि जस्तो लाग्छ कन्जुमरको ।
अन्तमा
कन्जुमरले कुनै पनि ब्राण्डहरु चुज गर्दा लङ ट्रम्मको लागि सोच्नुपर्छ । प्रोडक्टको फिचर वाइज कुनै पनि राम्रो नराम्रो सबैको हुन्छ । देश अनुसारको भेष हुनुपर्यो । कसैले पनि हुन्डाई चुज गर्नुभयो भने यसले नराम्रो कसैलाई परेको छैन ।
(लक्ष्मी इन्टरकन्टिनेन्टलका महाप्रबन्धक दिपक थपलियाको विचार, कुराकानीमा आधारित)
प्रतिक्रिया दिनुहोस्