Skip to content
Shikhar Insurance
National Life

नेपाललाई ग्रे लिस्टबाट बाहिर ल्याउन पुँजीबजार बाधक बन्दैन्- अध्यक्ष श्रेष्ठ

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले नेपाललाई सम्पति शुद्धीकरणको ग्रे लिस्टबा बाहिर ल्याउन पुँजी बजारको नियामकका रुपमा सचेत भएर काम गर्ने बताएका छन् । आइतबार नेपाल धितोपत्र बोर्डको ३३ औं बार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले पुँजी बजारलाई सम्पति शुद्धीकरण गर्ने ठाउँका रुपमा प्रयोग हुन नदिने प्रतिवद्धता पनि व्यक्त गरेका हुन् ।

उनले एएमएल सिएफटी सम्बन्धी व्यवस्थाको कमजोर परिपालनाको कारण नेपाल हाल ग्रे लिस्टमा रहेको र त्यहाँबाट बाहिर ल्याउने सरकारको योजनामा बोर्डले काम गर्ने प्रतिवद्धता व्यक्त गरेका हुन् । ‘ग्रे लिस्टबाट एक वर्षभित्र बाहिरिने नेपाल सरकारको लक्ष्य अनुरुप सरकारको पहलको लागि अर्थमन्त्रीले धितोपत्र बजारसम्बन्धी बोर्डले विषेश सुचक बनाएर संस्थाहरुको सुपरिवेक्षण गर्न निर्देशन दिएको पनि उनले बताए ।

अध्यक्ष श्रेष्ठले जोखीममा आधारित सुपरिवेक्षण गरी बिग्रेका संस्थाहरुलाई कारबाही समेत गर्ने गरेको बताए । अध्यक्ष श्रेष्ठले पुँजी बजारको दिगो विकासका लागि आफुले काम गरिरहेको पनि बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्