काठमाडौं । साताको चौँथो कारोबार दिन सेयर बजार सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ७.९४ अंकले घटेर २६६९.५१ मा पुगेको हो ।
नेपाल राष्ट्र बैंकमा नयाँ गभर्नर नियुक्त भएसँगै बजार खुलेको १० मिनेट नहुँदै ९० अंकले बढेको बजार अन्तिममा घटेर बन्द भएको हो ।
बुधबार ३१६ कम्पनीले १० अर्ब ६९ करोड ८६ लाख ५१ हजार ६८० रुपयाँ बराबरको २ करोड ३० लाख २६ हजार २ सय ४५ कित्ता सेयर किनबेच गरेका छन् ।
बुधबार राधी विद्युत कम्पनीको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ७१ करोड ३ लाख ६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । कम्पनीकोे सेयर प्रतिकित्ता मूल्य ७ सय ७१.१० रुपैयाँ रहेको छ ।
बुधबार ९३ कम्पनीको सेयर मूल्य बढ्दा १५३ कम्पनीको सेयर मूल्य घटेको छ भने १ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । साथै, आज १ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने बाराही हाइड्रोपावर पब्किलको सेयर मूल्य ८.२७ अंकले घटेको छ ।
प्रतिक्रिया दिनुहोस्