काठमाडौं । सरकार परिवर्तन हुने हल्लाले घटेको बजार लयमा यो साता भने फर्किएको छ । शुक्रबार माघ १८ गते प्रतिनिधि सभामा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार ढाल्ने र बनाउने खेल सकिएको बताएपछि लगानीकर्ताहरुमा आत्माविस्वास बढेको हो ।
प्रमुख प्रतिपक्षि दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकार केही दिनमा ढल्ने भन्दै भाषण गरेपछि बजार २६ सयको बिन्दुमा आएको थियो । शुक्रबार प्रतिनिधि सभामा सम्वोधन गर्दै प्रधानमन्त्री ओलीले ०८४ सम्म सरकार नढल्ने भनेपछि बजारले लय समातेको हाे ।
यो साता ५ दिन नै सेयर कारोबार हुँदा ३ कारोबार दिन सेयर बजार घटेको थियाे भने २ कारोबार दिन बढेकाे हाे । समग्रमा यो साता ४२.०६ अंकले बजार बढ्दा ५१ अर्ब ९५ करोड ६८ लाख १२ हजार ४३ रुपैयाँ बराबरको कारोबार भई १० करोड ३३ लाख ९८ हजार ६८ कित्ता सेयर किनबेच भएको छ ।
अघिल्लो साता माघ १५ गते २६५७.७७ को बिन्दुमा रहेको बजार यो साता आइतबार अर्थात माघ २४ गते सेयर बजार २६९९.८१ को बिन्दुमा पुगेर बन्द भएकाे थियो ।
यस्तो छ साताको सेयर बजार
साताको पहिलो कारोबार दिन आइतबार अर्थात माघ २० गते सेयर बजार ६९.८० अंकले बढेर २७२७.५८ को बिन्दुमा पुगेर बजार बन्द भएको थियो ।
आइतबार ३ सय ३० कम्पनीको २ करोड ४८ लाख ४८ हजार ७९ कित्ता सेयर किनबेच हुँदा १२ अर्ब ९५ करोड ५७ लाख ६४ हजार १ सय ३६ रुपैयाँ बराबरको कारोबार भएको थियो । आइतबार सबै उपसूचकहरु हरियाली भएकाे थियाे । सो दिन २ सय २ कम्पनीको सेयर मूल्य बढ्दा ३७ कम्पनीको सेयर मूल्य घटेको थियो भने ३ कम्पनीको सेयर मूल्य स्थिर रहेको थियो ।
साथै, आज ९ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको थियो भने सामुदायीक लघुवित्तको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको थियो ।
साताको दोस्रो कारोबार दिन अर्थात माघ २१ गते सेयर बजार २.४१ अंकले बढेर २७३०.०० को बिन्दुमा पुगेर बन्द भएको थियो ।
सोमबार ३ सय १९ कम्पनीको २ करोड ३७ लाख ७० हजार ३ सय ४८ कम्पनीको सेयर किनबेच हुँदा ११ अर्ब ८७ करोड ५९ लाख ६७ हजार ५ सय ३८ रुपैयाँ बराबरको कारोबार भएको थियो । सो दिन ९७ कम्पनीको सेयर मूल्य बढ्दा १३७ कम्पनीको सेयर मूल्य घटेको थियो भने ८ कम्पनीको सेयर मूल्य स्थिर रहेको थियो ।
सो दिन एनआरएन इन्फ्रष्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको सर्वाधिक कारोबार भएको थियो । सोमबार २ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको थियो भने २ कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको थियो ।
साताको तेस्रो कारोबार दिन अर्थात माघ २३ गते सेयर बजार १४.०८ अंकले घटेर २७१५.९१ को बिन्दुमा पुगेर बजार बन्द भएको थियो ।
मंगलबार ३ सय १५ कम्पनीको १ करोड ६९ लाख १७ हजार ८ सय ३५ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ९१ करोड ९६ लाख ९७ हजार ७७५ रुपैयाँको कारोबार भएको थियो ।
सो दिन ७१ कम्पनीको सेयर मूल्य बढ्दा १६२ कम्पनीको सेयर मूल्य घटेको थियो भने ९ कम्पनीको सेयर मूल्य स्थिर रहेको थियो । सो दिन एनआरएन इन्फ्राष्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको सर्वाधिक कारोबार भएको थियो ।
साथै, मंगलबार जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको थियो भने ४ कम्पनीको सेयरमा नकारात्मक सर्किट लागेको थियो ।
साताको चौथो कारोबार दिन अर्थात माघ २३ गते सेयर बजार ४.४५ अंकले घटेर २७११.४५ को बिन्दुमा पुगेर बजार बन्द भएको थियो ।
बुधबार ३ सय ९ कम्पनीको १ करोड ९१ लाख ८१ हजार ४ सय १४ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ९५ करोड ८० लाख ७ हजार ३ सय ५ रुपैयाँ बराबरको कारोबार भएको थियो । बुधबार १ सय १३ कम्पनीको सेयर मूल्य बढ्दा १२२ कम्पनीको सेयर मूल्य घटेको थियो भने ७ कम्पनीको सेयर मूल्य स्थिर रहेको थियो । सो दिन नेपाल रिलायान्स कम्पनी लिमिटेडको सर्वाधिक कारोबार भएको थियो ।
साथै, बुधबार ३ कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको थियो भने २ कम्पनीको सेयरमा नकारात्मक सर्किट लागेको थियो ।
साताको अन्तिम कारोबार दिन अर्थात बिहीबार माघ २४ गते सेयर बजार ११.६४ अंकले घटेर २६९९.८१ को बिन्दुमा पुगेर बजार बन्द भएको थियो ।
बिहीबार ३ सय १५ कम्पनीको १ करोड ८६ लाख ८० हजार कित्ता सेयर किनबेच हुँदा ९ अर्ब २४ करोड ७३ लाख ७५ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो । बिहीबार ७४ कम्पनीको सेयर मूल्य बढ्दा १६० कम्पनीको सेयर मूल्य घटेको थियो भने ९ कम्पनीको सेयर मूल्य स्थिर रहेको थियो । सो दिन साहस उर्जा लिमिटेडको सर्वाधिक कारोबार भएको छ ।
साथै, बिहीबार १ कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको थियो भने २ कम्पनीको सेयरमा नकारात्मक सर्किट लागेको थियो ।
प्रतिक्रिया दिनुहोस्