काठमाडौं । नेपाल राष्ट्र बैंकको गर्भनर नियुक्तिले सेयर बजारमा हंगामा ल्याउने आषा लगानी कर्ताले गरेका थिए । गत मंगलबार राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त भएपनि नेपाली सेयर बजारमा भने खासै प्रभाव देखा परेन । गभर्नरको पदभार ग्रहणको दिन ७.९४ अंकले घटेको बजार भोलिपल्ट भने १९.०४ अंकले बढेको थियो ।
पाँचैदिन बजार खुलेकाे याे साता साग्रमा बजार १९.०४ अंकले बढेर ४३ अर्ब ७० करोड १५ लाख ८८ हजार ९ सय ५७ रुपैयाँ बराबरको बारोबार हुँदा ९ करोड ५४ लाख ५४ हजार ३ सय २८ कित्ता सेयर किनबेच भएको छ । अघिल्लो साता २६११.८५ को बिन्दुमा पुगेर बन्द भएको बजार यो साता भने २६८८.५५ को बिन्दुमा पुगेको छ ।
यस्ताे छ साताकाे सेयर बजार
साताको पहिलो कारोबार दिन अर्थात जेठ ४ गते सेयर बजार २।७९ अंकले घटेर २६०९.०५ को बिन्दुमा पुगेर बजार बन्द भएको थियो ।
आइतबार ३ सय ९ कम्पनीको १ करोड ६९ लाख ७ हजार ७ सय ३७ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ५० करोड ९२ लाख २१ हजार ३ सय १२ रुपैयाँ बराबरको कारोबार भएको थियो । सो दिन १ सय कम्पनीको सेयर मूल्य बढ्दा १ सय ४५ कम्पनीको सेयर मूल्य घटेको छ भने १ कम्पनीको सेयर मूल्य स्थिर रहेको थियो ।
साथै, आइतबार २ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको थियो भने कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर ८.७१ प्रतिशतले घटेको थियो ।
साताको दोस्रो कारोबार दिन अर्थात् जेठ ५ गते सेयर बजार १९।३० अंकले बढेर २६२८.३६ को बिन्दुमा पुगेर बजार बन्द भएको थियो ।
सोमबार ३ सय २४ कम्पनीले ७ अर्ब ३५ करोड ८८ लाख ५५ हजार ८५ रुपैयाँ बराबर कारोबार हुँदा १ करोड ६२ लाख ५ हजार ५ सय ५८ कित्ता सेयर किनबेच भएको थियो । सो दिन १ सय ८५ कम्पनीको सेयर मूल्य बढ्दा ६० कम्पनीको सेयर मूल्य घटेको थियो भने २ कम्पनीको सेयर मूल्य स्थिर रहेको थियो ।
साथै, सोमबार ४ कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको थियो भने १ कम्पनीको सेयरमा नकारात्मक सर्किट लागेको थियो ।
साताको तेस्रो कारोबार दिन अर्थात जेठ ६ गते मंगलबार सेयर बजार २६७७.४५ को बिन्दुमा पुगेर बजार बन्द भएको थियो ।
सो दिन ३ सय १० कम्पनीको १ करोड ६८ लाख ८८ हजार ४ सय ५९ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ३१ करोड २७ लाख ९० हजार १ सय ९६ रुपैयाँ बराबरको कारोबार भएको थियो । मंगलबार २ सय २९ कम्पनीको सेयर मूल्य बढ्दा १५ कम्पनीको सेयर मूल्य घटेको थियो भने एक कम्पनीको सेयर मूल्य स्थिर रहेको थियो ।
साथै, मंगलबार ४ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको थियो भने एक कम्पनीको सेयर मूल्य ७.३९ प्रतिशतले घटेको छ ।
साताको चौँथो कारोबार दिन अर्थात जेठ ७ गते सेयर बजार ७.९४ अंकले घटेर २६६९.५१ को बिन्दुमा पुगेर बजार बन्द भएको थियो । नेपाल राष्ट्र बैंकमा नयाँ गभर्नर नियुक्त भएसँगै बजार खुलेको १० मिनेट नहुँदै ९० अंकले बढेको बजार अन्तिममा घटेर बन्द भएको थियो ।
बुधबार ३ सय १६ कम्पनीले १० अर्ब ६९ करोड ८६ लाख ५१ हजार ६८० रुपयाँ बराबर कारोबार हुँदा २ करोड ३० लाख २६ हजार २ सय ४५ कित्ता सेयर किनबेच भएको थियो । बुधबार ९३ कम्पनीको सेयर मूल्य बढ्दा १५३ कम्पनीको सेयर मूल्य घटेको थियो भने १ कम्पनीको सेयर मूल्य स्थिर रहेको थियो ।
साथै, सा दिन १ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको थियो भने बाराही हाइड्रोपावर पब्किलको सेयर मूल्य ८.२७ अंकले घटेको थियो ।
साताको अन्तिम कारोबार दिन अर्थात् जेठ ८ गते सेयर बजार १९.०४ अंकले बढेर २६८८.५५ को बिन्दुमा पुगेर बजार बन्द भएको हो ।
बिहीबार ३ सय १४ कम्पनीको २ करोड २३ लाख ९६ हजार ३ सय २९ कित्ता सेयर किनबेच हुँदा ९ अर्ब ८२ करोड २० लाख ७० हजार ६ सय ८२ रुपैयाँ बराबर संकलन भएको छ । बिहीबार १ सय ४ कम्पनीको सेयर मूल्य बढ्दा १ सय ४२ कम्पनीको सेयर मूल्य घटेको छ भने १ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
साथै, बिहीबार १ कम्पनीको सेयर मूलयमा सकारात्मक सर्किट लागेको छ भने एक कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।
प्रतिक्रिया दिनुहोस्