Shikhar Insurance
National Life

श्रम शक्ति व्यवस्थित गर्न पुँजी बजार चलायमान हुनु आवश्यक छ : उद्योगमन्त्री भण्डारी

सिंहदरबार संवाददाता
२०८१ फाल्गुन २६, सोमबार १४:३०
Hyundai
NCELL
NIMB

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले पुँजी बजार चलायमान नभएसम्म श्रम शक्ति व्यवस्थित हुन नसक्ने बताएका छन् । सोमबार काठमाडौंमा आयोजित श्रम तथा रोजगार सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले राष्ट्रिय उत्पादनको १३ प्रतिशत हिस्सा ओगटेको कृषिमा आधारित अर्थतन्त्रको उत्पादकत्व पाँच प्रतिशतमा घटेको बताए । उनले उद्योगमा लगानी गर्न कठिन र जोखिम भएको भन्दै हिजोका दिनमा नेपालको ब्राण्डको रुपमा स्थापित पश्मिना, गार्मेन्ट, गलैँचा लगायतका उद्योगहरु बन्द भएको बताए । छिमेकी मुलुकले लगानी गरेका जुट मिललगायतका संस्थाहरु धराशायी हुनुको कारण खोज्नुपर्ने उनको भनाइ छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

मन्त्री मण्डारीले उद्योग र उद्यमशीलताका बारेमा सरकारले गरेको नीतिगत सुधारले आशा जगाएको बताए । उनले रोजगारी ग्यारेन्टी गर्ने तथा उद्यम र उद्यमशीलतालाई प्रोत्साहन गर्ने खालको विषय आगामी आर्थिक वर्षको बजेटमा समावेश गरिने बताए ।

उनले बेरोजगारीका कारण युवामा देखिएको निराशालाई आशामा बदल्ने गरी सरकारले गरेको नीतिगत सुधारलाई निजी क्षेत्रले स्वागत गरेको दाबी गरे । मन्त्री भण्डारीले नेपालको पुँजी बजार, श्रम बजारसँगको नेपालको उत्पादन र नेपालको रोजगारीलाई जोड्नसके आन्तरिक रोजगारीका प्रश्नलाई समाधान गर्न सकिने बताए ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्