Shikhar Insurance
National Life

दुई पुनर्बीमा कम्पनीको पुँजि वृद्धिको समय १ वर्ष थपियो

सिंहदरबार संवाददाता
२०८१ माघ १३, आईतवार १९:२०
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल बीमा प्राधिकरणले दुई पुर्बीमा कम्पनीको चुक्ता पुँजी वृद्धिको समय थप गरेको छ । प्राधिकरणले नेपाल पुनर्बीमा कम्पनी र हिमालयन रि-इन्स्योरेन्स कम्पनीको चुक्ता पुँजी वृद्धि गर्ने समय बढेको हो ।

पुँजि वृद्धि गर्ने समय १ वर्षको लागि थप गरेको बीमा प्राधिकरणले जनाएको छ । प्राधिकरण स्रोतका अनुसार पुँजी वृद्धिका लागि प्राधिकरणले माघ महिनासम्म समय तोकेको थियो । तर दुबै बीमा कम्पनीले पुँजी थप गर्न कुनैपनि काम अघि नबढाएपछि समय एक वर्ष थपिएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

गत वर्ष २०८१ माघ मसान्तसम्म २०/२० अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउन बीमा प्राधिकरणले भनेको थियो । दुबै कम्पनीले क्यापिटल प्लान पेश गरिसकेका छन् । नेपाल रिले सरकारसँग अनुमति माग्दै पत्र लेखेको छ । यस्तै, हिमालयन रिले पनि क्यापिटल प्लान पेश गरिसकेको छ । जसमा नाफाको पैसा र केहि प्रतिशत राइट सेयर निकाल्न हाल्ने योजना पेश गरेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्