काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई चालु आर्थिक वर्षको ६ महिनाको पुँजीगत खर्च १५ प्रतिशतले वृद्धि भएको बताएका छन् । आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले अब आँकडामा प्रश्नोत्तर गर्ने, त्यसको तुलना गर्ने बानी बसाल्नुपर्ने बताए । उनले पुँजीगत खर्च कम भएको स्वीकार गर्दै उनले पूर्वअर्थमन्त्री वर्षमान पुनलाई तपाई अर्थमन्त्री भएको अवधिको तुलनामा भने बढी रहेको भन्दै जवाफ दिए । सरकारमा आएपछि अर्थतन्त्र सुधारका लागि गम्भीर रुपमा काम गरिरहेको बताए । उनले असारमा धान नरोपेपछि नफल्ने उनको टिप्पणी थियो ।
प्रधानमन्त्री ओलीले कर तथा भन्सार प्रणालीलाई डिजिटल बनाउँदै, महशुल भुक्तानी सहज पारिएको बताए । नेपाल राष्ट्र बैंकले ब्याजदरलाई घटाउने नीति ल्याएपछि बैंकहरूको ब्याजदर एकल अंकमा झरिसकेको र अब उद्योग, व्यापार, र स्टार्टअपहरूका लागि राम्रो अवसर रहेको बताए ।
प्रतिक्रिया दिनुहोस्