Skip to content
Shikhar Insurance
National Life

अमेरिकी कर वृद्धि विरुद्ध क्यानडाले दियो डब्ल्यूटीओमा उजुरी, अरु देश पनि मुद्दामा जाँदै

Hyundai
NCELL
NIMB

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कार आयातमा लगाएको चर्को करप्रति क्यानडाले विश्व व्यापार सङ्गठन (डब्लुटिओ) मा उजुरी दिएको छ ।

“क्यानडाले क्यानडाबाट अमेरिका पठाइने कार र कारका सामानमा २५ प्रतिशत कर लगाउने अमेरिकी कदमका सम्बन्धमा डब्ल्यूटीओमा विवाद परामर्शको लागि अनुरोध गरेको छ,” सङ्गठनले भनेको छ।

संयुक्त राज्य अमेरिकामा निर्माण नगरिएका सबै कार र कारका पार्टपुर्जाका लागि अतिरिक्त कर लागू भएको दिन गत बिहीबार यो अनुरोध दायर गरिएको थियो, तर यो सोमबार मात्र डब्ल्यूटीओ सदस्यहरूलाई जानकारी गरिएको हो । उजुरीमा क्यानडा सरकारले अन्तर्राष्ट्रिय व्यापार कानून अन्तर्गत ‘संयुक्त राज्य अमेरिकाको दायित्वहरूसँग असङ्गत’ करहरू लगाएको आरोप छ ।

क्यानडाले अमेरिकाबाट आयात हुने दशौँ हजार सवारी साधनमा २५ प्रतिशत कर लगाउने बिहीबार बताएको छ । गत जनवरीमा सत्तामा आएदेखि नै ट्रम्पले अमेरिका आयात हुने विभिन्न सामानमा कर वृद्धिको घोषणा गरेका थिए। जसले गत हप्ता विश्वभरका देश र सामानको मूल्यमा असर पारेको छ ।

ट्रम्पले गत बुधबार घोषणा गरेको विश्वव्यापी करबाट क्यानाडा धेरै हदसम्म जोगिएको थियो, किनकि वासिङ्टनले अमेरिका–क्यानडा–मेक्सिको स्वतन्त्र व्यापार सम्झौताको अधिकांश उत्पादनहरू समावेश भएअनुरूपका सामानहरूलाई छूट दिएको थियो । अमेरिकाको सबैभन्दा ठूलो व्यापारिक साझेदार मध्येको एक क्यानडा पनि एक हो ।

क्यानडाले स्टिल, आल्मुनियम र अन्य उत्पादनमा अझै पनि करको सामना गरिरहेको छ। कार र सवारी साधनका सामानहरूमा कर वृद्धिले विशेष गरी उत्तर अमेरिकामा पीडादायी हुने अपेक्षा गरिएको छ, जहाँ ती बजारहरू भारी रूपमा एकीकृत छन्। डब्ल्यूटीओ परामर्शले पक्षहरूलाई यस विषयमा छलफल गर्ने र मुद्दाको साथ अगाडि नबढी सन्तोषजनक समाधान खोज्ने अवसर प्रदान गर्दछ। क्यानडाले ट्रम्पको यसअघिको करवृद्धिको युद्धाभ्यासलाई लिएर डब्ल्यूटीओमा छुट्टै उजुरी दर्ता गरेको छ । अमेरिकाको कर नीतिले विश्वभर अर्थतन्त्रमा गम्भिर असर गरिरहेको छ ।

ट्रम्पको कर वृद्धिको असरबाट विश्वभरका सेयर बजारमा गिरावट आएको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्