काठमाडौं । चालु आर्थिक वर्ष ०८१/०८२ को फागुन मसान्तसम्म निर्जीवन बीमा कम्पनीहरुले २८ अर्ब बढी रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले आज (चैत १०) गते सार्वजनिक गरेको विवरण अनुसार सञ्चालनमा रहेका १४ निर्जीवन बीमा कम्पनीहरुले कुल २८ अर्ब २ करोड ८८ लाख ५१ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको हो ।
चालु आवको फागुन मसान्तसम्ममा सबैभन्दा धेरै बीमाशुल्क आर्जन गर्ने पहिलो नम्बरमा शिखर इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले यो अवधिमा ४ अर्ब १ करोड ३९ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । बीमा शुल्क आर्जन गर्ने दोस्रो नम्बरमा सगरमाथा लुम्बिनी रहेको छ । कम्पनीले ३ अर्ब ३२ करोड ४४ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।
फागुन मसान्तसम्ममा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको २ अर्ब ७५ करोड ३९ लाख रुपैयाँ आर्जन गरेको छ भने आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको २ अर्ब ३७ करोड ६० लाख रुपैयाँ आर्जन गरेको छ ।
हिमालयन एभरेष्ट इन्स्योरेन्सले सो अवधिमा २ अर्ब २१ करोड ५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ भने नेको इन्स्योरेन्सले २ अर्ब १९ करोड ४८ लाख रुपैयाँ कमाएको छ ।
त्यस्तै, एनएलजी इन्स्योरेन्सले फागुन मसान्तसम्मा १ अर्ब ८५ करोड ९१ लाख रुपैयाँ आर्जन गरेको छ भने दि ओरिएन्टल इन्स्योरेन्सले १ अर्ब ७० करोड ३५ लाख रुपैयाँ कमाएको छ ।
फागुन मसान्तसम्ममा युनाइटेड अजोड इन्स्योरेन्सले १ अर्ब ५९ करोड ८६ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । सानिमा जिआईसी इन्स्योरेन्सको १ अर्ब ५७ करोड १० लाख रुपैयाँ आर्जन गर्दा नेपाल इन्स्योरेन्सले १ अर्ब ४० करोड २४ रुपैयाँ आर्जन गरेको छ ।
प्रभु इन्स्योरेन्स कम्पनीले फागुनमसान्तसम्ममा १ अर्ब १६ करोड १५ लाख रुपैयाँ आर्जन गरेको छ भने नेशनल इन्स्योरेन्सको ७६ करोड ४७ लाख रुपैयाँ कुल बीमा शुल्क गरेको छ । सरकारी स्वामित्व रहेको राष्ट्रिय बीमा कम्पनीको १ अर्ब ९ करोड ३८ लाख रुपैयाँ आर्जन गरेको छ ।
प्रतिक्रिया दिनुहोस्