Shikhar Insurance
National Life

सासंदको भनाईप्रति व्यवसायी गुरुङको आपत्ति, जनतालाई झुठा भ्रम नछर्न आग्रह

सिंहदरबार संवाददाता
२०८१ चैत्र ७, बिहीबार १९:५४
Hyundai
NCELL
NIMB

काठमाडौं । प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा सासंदहरु गंगा कार्की र मनिष झाले व्यक्त गरेको धारणाप्रति व्यवसायी मिन बहादुर गुरुङले गम्भिर ध्यानाकर्षण भएको बताएका छन् ।

सार्वभौम जनताका प्रतिनिधिमुलक थलो प्रतिनिधिसभामा व्यक्त भएका धारणाहरु तथ्यमा आधारित हुनुपर्ने व्यवसायी गुरुङले बताएका हुन् । सिन्धुपाल्चोकमा समातिएको ट्रकमा ल्याइएको ‘अवैध भेप’ भाटभटेनीको भनी व्यक्त गरेको धारणामा कुनै पनि सत्यता नभएको कम्पनीले स्पष्ट पारेको छ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

तातोपानी भन्सारबाट शिल लगाएर पास गरिएको सामग्रीबाहेक चालक तथा सहचालकले गर्ने हरेक कमजोरीको जिम्मेवारी आयातकर्ताको जिम्मेवारीभित्र नपर्ने कम्पनीले जनाएको छ।

कम्पनीले एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘तातोपानीबाट शिल गरिएको कन्टेनरका चालकले आफू बस्ने सिटमुनी राखी ल्याएको ‘अवैध भेप’सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको हुनाले भाटभटेनीको भनी जनताका प्रतिनिधिले नै ‘ठोकुवा गर्नु’ खेदजनक कार्य हो ।’

मुलुकको समृद्धि र राष्ट्र निर्माणको अभियानको अग्रणी कर्पोरेट संस्थाका बारेमा फैलाइएको कपोलकल्पित, भ्रामक सूचनाका पछि नलाग्न आम नागरिकमा कम्पनीले अपील गरेको छ । पक्राउ परेका चालकलाई राज्यका निकायले निष्पक्ष ढंगले अनुसन्धान गरी सत्य तथ्य बाहिर ल्याउने नै छ भन्ने विश्वास भाटभटेनीको रहेको छ ।

भाटभटेनी वस्तु व्यापारमा सबैभन्दा बढी कर तिर्ने व्यापारिक संस्था भएको र मुलुकको दीर्घकालीन हित हेर्ने संस्था भएकोले कहिल्यै पनि गलत क्रियाकलापका पछि नलाग्ने स्पष्ट पारेको छ । अर्बौँ रुपैयाँ दान दातव्यमा खर्च गरिरहेको संस्थाको बदनामी गराउन ‘अवैध भेप’लाई जोडेर प्रचार गरिनु राम्रो काम गर्ने व्यक्तिको मानसिकता कमजोर तुल्याउने षडयन्त्र हो भएको विज्ञप्तिमा उल्लेख छ।

एकजना चालकले गरेको अपराधसँग जोडेर भाटभटेनीजस्तो अग्रणी कर्पोरेट संस्थाको बदनाम गराउने कार्यमा नलाग्न कम्पनीले सबै समक्ष आग्रह गरेको छ । साथै सत्ताको नेतृत्व गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीको, नेकपा एमालेसँग पनि जोडेर राखिएका धारणाको जिम्मेवारी स्वयम् सासंदहरुले नै लिनुपर्ने उल्लेख छ ।

कम्पनीले पक्राउ परेका चालकलाई अनुसन्धानको दायरामा ल्याएर सत्यतथ्य सार्वजनिक गर्न राज्यका निकायसँग अनुरोध पनि गरेको छ ।

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्