Skip to content
Shikhar Insurance
National Life

‘नेपालमा पूर्वाधार बनाउनु अभिशाप जस्तो हुन थाल्यो’

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा रोजगारी सिर्जना गर्नु, लगानी गर्नु, सरकारलाई ट्याक्स तिर्नु, आम नागरिकलाई सुविधा दिनु र पूर्वाधार बनाउनु दुष्कर्म गरेको जस्तो भएको टिप्पणी गरेका छन् । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई समबोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले नेपालमा लगानी गर्नु, पूर्वाधार बनाउनुलाई नकारात्मक रुपमा लिने गरिएको उल्लेख गरे ।

उनले केही राजनीतिक दलका नेताहरु र केही संघसंस्थाहरुले विकासका कामलाई बिरोध गर्ने गरेको बताए । विकासका काममा राजनीति कसको लागि गर्दै हुनुहुन्छ ? भन्दै प्रश्न गरे । नकारात्मकतालाई अघि बढाइराख्ने कुरा राम्रो नभएको पनि बताए । अध्यक्ष ढकालले लगानी गर्ने, रोजगारी सिर्जना गर्ने, पूर्वाधार बनाउनेहरुको बिरोध गर्ने भए के खोजेको हो ? भन्दै प्रश्न गरे ।

कार्यक्रममा बोल्दै नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले उद्यमी व्यवसायीहरुको उत्साहमा कमी आउनु, मनोबल खस्किन दिनु नहुने जानकारी दिए । उनले सानो अर्थतन्त्र भएको नेपालमा पछिल्ला दुई वर्षमा ७५ हजार भन्दा बढी व्यक्तिहरु कालोसूचिमा पर्नु चिन्ताको विषय भएको बताए ।

चुनौति लिएर थप नयाँ उद्योग व्यवसाय सञ्चालन गर्न उद्योगी व्यवसायीहरुलाई आँट आउन नसक्नुले थप समस्या निम्तिने जिकिर गरे । अध्यक्ष अग्रवालले नेपालको अर्थतन्त्रमा महत्त्वपूर्ण प्रभाव केन्द्रिय बैंकको रहने र मुलुकको आर्थिक नीति सफल बनाउन मौद्रिक नीति जारी गर्ने केन्द्रिय बैंक भएपनि केही समय यता आर्थिक नीति र मौद्रिक नीतिबीच तालमेल नमिलेको बताए । जसले निजी क्षेत्रले ठूलो आर्थिक क्षति व्यहोरिरहेको बताए । राजनीतिक आस्था भन्दा पनि कुशल अर्थविद्लाई गभर्नर नियुक्त गर्नुपर्ने सुझाव दिए ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्