काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटको आकार सन्तुलित रहेको बताएका छन् । प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रश्ताव प्रश्तुत गर्दै उनले यस्तो दाबी गरेका हुन् ।
उनले पुँजीगत खर्च चालु आर्थिक वर्षको तुलनामा १६ प्रतिशतले वृद्धि गरिएको बताए । अन्तरसरकारी वित्त हस्तान्तरणमा आयोगले निर्धारण गरेको वित्त आयोगबाट निर्धारण गरिएको सीमा भन्दा करिव ४ अर्बले वृद्धि गरिएको जानकारी दिए ।
आम्दानीको मुख्य श्रोत राजश्वले समग्र खर्चको करिव ६७ प्रतिशत धान्ने गरीकन बजेट प्रश्ताव गरिएको बताए ।
अर्थमन्त्री पौडेलले भने, ‘बजेटको आकारको सन्दर्भमा सन्तुलित हुने त्यो अठोट प्रश्ततु बजेटमा व्यक्त भएको छ । पुँजीगत खर्च चालु आर्थिक वर्षको तुलनामा १६ प्रतिशतले वृद्धि गरिएको छ । अन्तरसरकारी वित्त हस्तान्तरणमा आयोगले निर्धारण गरेको वित्त आयोगबाट निर्धारण गरिएको सीमा भन्दा करिव ४ अर्बले वृद्धि गरिएको छ । आम्दानीको मुख्य श्रोत राजश्वले समग्र खर्चको करिव ६७ प्रतिशत धान्ने गरीकन बजेट प्रश्ताव गरिएको छ ।’
अर्थमन्त्री पौडेलले आम्दानीतर्फ राजश्व अनुमान संशोधित लक्ष्यको तुलनामा १६ प्रतिशतले वृद्धि प्रश्ताव गरिएको बताए ।
प्रतिक्रिया दिनुहोस्