काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव एवं पूर्वअर्थमन्त्री जनार्दन शर्माले सरकारले ल्याएको बजेट परम्पराको निरन्तरता मात्र भएको प्रतिक्रिया दिएका छन् ।
अर्थमन्त्री विष्णु पौडेलले बिहीवार संसद्मा पेस गरेको आर्थिक वर्ष २०८२/८३ को बजेटबारे प्रतिक्रिया दिँदै पूर्वअर्थमन्त्री समेत रहेका शर्माले बजेट देशको आर्थिक समस्या समाधान गर्ने खालको नआएको बताए ।
उनले भने, ‘लेख्ने विषयहरु सबै लेखिएकै छन् । तिनै कुराहरु दोहोरिने हो, कपिपेष्ट गर्ने हो । अहिले एउटा कुरा नाराहरु कम रहेछन् । खेलमा त्यति विकास गर्ने त भन्नुभयो तर खेलकुद गर्न दिनैहुन्न समस्या यस्ता छन् । तर अहिले नेपालको अर्थतन्त्रको जुन समस्या छ त्यसलाई समाधान गर्न समग्र अर्थ प्रणालीकै पुर्नसंरचना गर्नुपर्छ । तर त्यो पुर्नसंरचना गर्ने स्तरबाट आएन ।’
उनले देशको अर्थतन्त्रको समस्या समाधान गर्न समग्र अर्थ प्रणालीकै पुन:संरचना गर्नुपर्ने भएपनि त्यस स्तरबाट नआएको बताए ।
प्रतिक्रिया दिनुहोस्