काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले निर्देशिकामा आउने कुराहरु बजेटमा आएको आरोप बताएका छन् ।
आर्थिक वर्ष २०८२/०८३ का लागि अर्थमन्त्री विष्णु पौडेलद्वारा प्रश्तुत गरेको बजेटबारे प्रतिक्रिया दिँदै प्रमुख सचेतक शाहीले राष्ट्र बैंकले निर्देशिकाले ल्याउने कुराहरु बजेटमा ल्याइएको आरोप लगाएका हुन् ।
उनले बजेट विगतका वर्षहरुमा आएजस्तै पुरातनवादी नै भएको र नयाँ केही नभएको भन्दै काम गर्नका लागि कर्मकाण्डी रुपमा आएको बताए ।
उनले भने, ‘यो बजेटमा निर्देशिकामा आउने कुरा बजेटमा आएको छ । राष्ट्र बैंकले निर्देशिकामा ल्याउने कुराहरु बजेटमा ल्याइएको छ । बजेट पुरातनवादी नै छ केही नयाँ छैन । काम गर्नका लागि एउटा कर्मकाण्ड हो बजेट पनि कर्मकाण्डी नै छ ।’
उनले काम गर्नका लागि कर्मकाण्डी बजेट ल्याएको आरोप लगाए ।
प्रतिक्रिया दिनुहोस्