Skip to content
Shikhar Insurance
National Life

बजेटमा रकम बिनाका शिर्षक राखियो, धेरै अव्यवहारिक छन्: राजेन्द्र पाण्डे

Hyundai
NCELL
NIMB

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले बजेटमा रकम बिनाका शिर्षक राखिएको भन्दै असन्तुष्टि जनाएका छन् । बिहीबार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले बजेटमा केही पपुलिस्ट कुराहरु पनि आएको बताउँदै धेरै कुराहरु अव्यवहारिक रहेको गुनासो गरे । प्राथमिकता दिन खोजेका कुराहरु राम्रोसँग प्राथमिकता नदिएको बताए । रोजागारी सिर्जना गर्ने कुरामा ध्यान नदिइएको आरोप लगाए ।

उनले भने, ‘बजेटमा केही पपुलिस्ट कुराहरु आएका छन् । धेरै अव्यवहारिक छन् । केहीमा व्यवस्था गरेको छु भनेको रकम छैन । शिर्षक राखेको छ । रकम छैन । प्राथमिकता दिन खोजेका कुराहरु राम्रोसँग प्राथमिकता दिन खोजेको देखिएन । रोजागारी सिर्जना गर्ने कुरामा ध्यान दिइएको छैन ।’

वरिष्ठ उपाध्यक्ष पाण्डेले बजेटको कार्यान्वयन चुनौतिपूर्ण रहेको बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्