काठमाडौं । अध्यक्ष नेम्बर अफ कर्मस कमलेश कुमार अग्रवालले विसम परिस्थितिमा आएको आगामी आर्थिक बर्षको बजेट विकासमुख्य र केही महत्त्वकांक्षी भएको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले शनिबार काठमाडौंमा आयोजना गरेको पोस्ट बजेट छलफल कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
उनले आगामी आवको बजेट लगानी प्रवर्द्धन गर्ने खालको आएको उनले बताए । आइटी र प्रविधिलाई ध्यानमा राखिएकोमा उनले खुसी व्यक्त गरे ।
तीन प्रतिशत ब्याजमा युवालाई २० लाख रुपैयाँसम्म ऋण दिने नीति स्वागतयोग्य भएको उनले बताए । यो नीतिले विदेशीने युवाको संख्यामा कमी हुने विश्वास लिइएको उनको भनाइ छ ।
यस्तै, पर्यटन क्षेत्रका लागि पनि बजेट राम्रो देखिएको उनले बताए । त्यसमा हवाइ टिकटमा लाग्दै आएको कर हटाएको भए झन राम्रो हुने बताउँदै यसमा सरकारले ध्यान दिनुपर्ने उनको भनाइ छ ।
यस्तै, उनले चालु कर्जा उपलब्ध गरेकाले अर्थतन्त्रमा सुधार हुने विश्वास लिइएको बताए । अन्तराष्ट्रिय मापदण्ड अनुसार नदि जन्य उत्खननका विषयहरु पनि आएकोले यसमा निकै सहज हुनुपर्ने उनको भनाइ छ ।
भारततर्फ निर्यातमा पनि निकै समस्या भइरहेको बताउँदै उनले यसमा पनि सुधार गर्न आवश्यक रहेको बताए । यसैगरि राजश्वको स्रोतमा ध्यान दिन आवश्यक रहेका पनि उनले बताए ।
ठूला राष्ट्रबाट आउने अनुदानहरुमा कमी आउने देखिदा अर्थतन्त्रमा असर गर्ने पनि उनले बताए । यस्तै उनले व्यवसायमा संकुचन भएको अवस्थामा पुनकर्जाका व्यवस्था गर्न आवश्यक रहेको बताउँदै उनले यसबारे मोद्रिक नीतिबाट सम्बोधन हुनुपर्ने बताए ।
प्रतिक्रिया दिनुहोस्