काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा २ कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । आइतबार नेप्सेमा रुरु जलविद्युत परियोजना र नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडको बोन सेयर सूचीकृत भएको हो ।
नेप्सेमा रुरु जलविद्युत परियोजनाको १५ प्रतिशत बोनस सेयर बापतको ७ लाख ३९ हजार ९ सय ८५ कित्ता बोन सेयर सूचीकृत भएको छ भने नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडको १४.२५ प्रतिशत बापतको १६ लाख ६० हजार ८ सय ६८ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।
अब यी दुई कम्पनीको दोस्रो बजारमा कारोबार माघ १४ गतेदेखि हुनेछ ।
प्रतिक्रिया दिनुहोस्