काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ३ कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । बिहीबार लक्ष्मी सनराइज बैंक, विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र साना किसान विकास लघुवित्तको बोनस सेयर सुचीकृत भएको हो ।
लक्ष्मी सनराइज बैंक
नेप्सेमा बैंकको ५ प्रतिशत बोनस सेयर बापतको १ करोड १५ लाख ९३ हजार ५ सय ७७ कित्ता सेयर सूचीकृत भएको हो ।
विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड
बिन्दावासीनि हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको ७.६० प्रतिशत बोनस सेयर बापतको ७ लाख ९८ हजार कित्ता सेयर सूचीकृत भएको छ ।
साना किसान विकास लघुवित्त
साथै, साना किसान विकास लघुवित्तको १३.३० प्रतिशत बोनस बापतको ५० लाख ६२ हजार ४ सय ७७ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।
अब यी ३ कम्पनीहरुको दोस्रो बजारमा चैत १० गते आइतबारदेखि कारोबारमा आउनेछ ।
प्रतिक्रिया दिनुहोस्