काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा दुई कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । बुधबार सगरमाथा जलविद्युत कम्पनी लिमिटेड र साहस उर्जा लिमिटेडको गरि कुल ३३ लाख ३२ हजार कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।
सगरमाथा जलविद्युत कम्पनीको ४.७५ प्रतिशतले हुन आउने कुल ५ लाख ३२ हजार कित्ता सेयर सूचीकृत भएको छ भने साहस उर्जाको ८ प्रतिशतले हुन आउने कुल २८ लाख कित्ता सेयर सूचीकृत भएको छ ।
उक्त सेयर सम्बन्धीत सेयरधनीको हितग्राही खातामा आएपछि खरिदबिक्री गर्न सकिने छ ।
प्रतिक्रिया दिनुहोस्