Shikhar Insurance
National Life

नेप्सेमा छिमेक लघुवित्त र ग्लोबल आईएमई बैंककाे बाेनस सेयर सूचीकृत

सिंहदरबार संवाददाता
२०८१ फाल्गुन ४, आईतवार १६:०५
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा २ कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड र ग्लोबल आईएमई बैंक लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ । दुई कम्पनीको कुल २ करोड २२ लाख ५२ हजार ५ सय ६१.३१ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

नेप्सेमा छिमेक लघुवित्तको ८ प्रतिशत बोनस बापतको २३ लाख ८१ हजार ७ सय ३७.६८ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

ग्लोबल आईएमई बैंक लिमिटेडको ५.५० प्रतिशत बोनस बापतको १ करोड ९८ लाख ७० हजार ८ सय २३ कित्ता सेयर सूचीकृत भएको हो ।

साथै, अब नेप्सेमा दोस्रो बजारमा भोलि सोमबार (फागुन ५ गते) देखि कारोबारमा आउनेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्