Shikhar Insurance
National Life

नेप्सेमा थप ३ कम्पनीको बोनस सेयर सूचीकृत, कुनको कति ?

सिंहदरबार संवाददाता
२०८१ फाल्गुन ८, बिहीबार १६:०३
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ३ कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । बिहीबार नेप्सेमा शिवम् सिमेन्ट, फर्स्ट माइक्रोफाइनान्स लघुवित्त र कृषि विकास बैंकको कोनस सेयर सूचीकृत भएको हो ।

शिवम् सिमेन्टकाे ८.५५ प्रतिशत बोनस सेयर बापतको ४२ लाख ९८ हजार ८५ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

त्यस्तै, फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको ९ प्रतिशत बोनस बापतको ११ लाख १० हजार ४ सय ४४ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

साथै, कृषि विकास बैंकको ३ प्रतिशत बोनस बापतको ४० लाख ३५ हजार ५ सय २ कित्ता सेयर सूचीकृत भएको छ ।

अब यी कम्पनीहरुको सेयर नेप्सेमा आइतबार फागुन ११ गते देखि दोस्रो कारोबारमा आउनेछ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्