Shikhar Insurance
National Life

बोर्डले दियो पियोर इनर्जीलाई आइपीओ निष्कासनको अनुमति

सिंहदरबार संवाददाता
२०८१ फाल्गुन २, शुक्रबार १७:५८
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल धितोपत्र बोर्डले पियोर इनर्जी लिमिटेडलाई आइपीओ निष्कासनको अनुमति दिएको छ। बोर्डले आज फागुन २ गते कम्पनीलाई आइपीओ निष्कासनको अनुमति दिएको हो ।

बोर्डबाट अनुमति पाएसंगै अब कम्पनीले १६ करोड रुपैयाँ बराबरको १६ लाख कित्ता सेयर निष्कासन गर्ने छ। कम्पनीको कुल चुक्ता पुँजी ८० करोड रहेको छ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

जसमा संस्थापकको ८० प्रतिशत स्वामित्व रहेको छ भने २० प्रतिशत सेयर सर्वसाधारणको लागि निष्कासन हुन लागेको हो । सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट रहेको छ।

पियोर इनर्जी गोल्यान ग्रुप अन्तर्गतको सोलार कम्पनी हो । कम्पनीले बाँकेमा १० मेगावाटको दुई वटा सोलार आयोजना संचालन गरिरहेको छ। दुवै आयोजनाले २०८० सालदेखि नै ब्यापारिक उत्पादन गरिरहेका छन् । २० मेगावाट क्षमता सहित पियोर इनर्जी हालसम्म सबैभन्दा धेरै सौर्य उर्जा उत्पादन गर्ने कम्पनी हो ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्