काठमाडौं । जर्मन अटोमेकर बीएमडब्लु विद्युतिय गाडी निर्माणमा एग्रेसिभ बन्ने भएको छ । चिनियाँ विद्युतचिय गाडीले युरोपिय बजारमा ठूलो धक्का दिन थालेपछि बीएमडब्लुले इभीमा फोकस गरेको हो ।
बीएमडब्लु समूहले ‘म्युनिख प्लान्ट’ लाई सन् २०२७ सम्ममा पूर्ण रूपमा विद्युतीय सवारी साधन (ईभी) उत्पादनको आधारमा परिणत गरिने जर्मन अटोमेकरले बिहीबार घोषणा गरेको छ । म्यूनिख प्लान्ट कम्पनीको मुख्यालय हो, जुन प्रिनियम सवारी साधनहरू निर्माणका लागि परिचित छ ।
प्लान्टले न्यु क्लास (नयाँ पुस्ता) ईभी मोडलहरूको उत्पादनको तयारीलाई पनि अघि बढाइरहेको छ, जसको उत्पादन सन् २०२६ को गर्मीमा सुरु हुने तालिका छ । बीएमडब्लु समूहले सन् २०३० सम्ममा ईभीको विश्वव्यापी मागमा उल्लेख्य वृद्धि हुने अनुमान गरेको छ ।
हाल, म्युनिख प्लान्टले न्यु क्लास ईभी मोडेलहरूको सहज उत्पादन सुनिश्चित गर्न तीन नयाँ उत्पादन हलहरू निर्माण गरिरहेको छ । “उत्पादन प्रक्रिया र सटीक स्वचालन कन्फिगरेसनहरू अनुकूलन गरेर म्युनिख प्लान्टले उत्पादन लागतहरू घटाउने र समग्र उत्पादन दक्षता सुधार गर्नेछ,” म्युनिख प्लान्टका प्रमुख पिटर वेबरले बताएका छन् ।
बीएमडब्लुले प्रिमियम ब्राण्डका गाडीहरु उत्पादन गर्दै आएको छ । जसको मूल्य पनि महँगो रहँदै आएको छ । नेपालमा लक्ष्मी इन्टरकन्टिनेन्टले आधिकारिक वितरकको रुपमा बिक्री वितरण गर्दै आएको छ । इभी बजारमा ग्राहकका लागि दीर्घकालिन बजारको अध्ययन गरिरहेको कम्पनीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्