Skip to content
Shikhar Insurance
National Life

वीरगञ्ज महानगरले उठायाे ३३ करोड ५६ लाख राजस्व

Hyundai
NCELL
NIMB

पर्सा । वीरगञ्ज महानगरले चालु आर्थिक वर्षको आठ महिनामा ३३ करोड ५६लाख ८७ हजार सात सय ७८ राजस्व सङ्कलन गरेको छ । महानगरले गत आवको सोही अवधिको तुलनामा ३६ लाख ४१ हजार १६१ बढी राजस्व सङ्कलन गरेको हो ।

वीरगञ्ज महानगरपालिका राजस्व महाशाखा प्रमुख मनोज कर्णले चालु आवको आठ महिनामा वार्षिक लक्ष्यको ४० प्रतिशतको हाराहारीमा राजस्व सङ्कलन भएको जानकारी दिए । महानगरले सम्पत्ति करबापत १२ करोड ११ लाख ९७ हजार र पूर्वाधार सेवाको कर उपभोगमा लाग्ने करबापत रु एक करोड ६८ लाख सङ्कलन गरेको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्