काठमाडौं । नेपाल बिमक संघमा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएका छन् । अध्यक्ष बिरेन्द्र वैदवार क्षेत्री सहित सबै कार्यसमिति सदस्यहरु निर्विरोध निर्वाचित भएका हुन् ।
अध्यक्ष क्षेत्री सिद्धार्थ प्रिमियर इस्योरेन्स लिमिटेडमा कार्यरत छन् । उपाध्यक्ष नेको इन्स्योरेन्सका अशोक कुमार खड्का र महासचिवमा एनएलजी इन्स्योरेन्सका सुनिल बल्लभ पन्त निर्वाचित भएका छन् ।
यसैगरी, कोषाध्यक्षमा आई जी आई प्रुडेन्सियल इस्योरेन्सका युगेश भक्त वादे श्रेष्ठ निर्वाचित भएका छन् । सदस्यहरुमा दि ओरेएन्टल इन्स्योरेन्स कम्पनीका टोटोन चक्रवर्ती हिमालयन एभरेष्ट इन्सयोरेन्सका अन्जु श्रेष्ठ र प्रभु इन्स्योरेन्सका सन्चित बज्राचार्य निर्वाचि भएका छन् ।
निर्वाचन अधिकृतको कार्यालयले सबै निर्वाचित कार्यसमितिको अन्तिम नामावाली प्रकाशित गरेको छ । कार्यालयले सबै पदमा एक जनाको मात्रै आवेदन परेको भन्दै निर्वाचनका कार्यतालिका समेत रद्ध गरेको छ ।
प्रतिक्रिया दिनुहोस्