Skip to content
Shikhar Insurance
National Life

६ महिनामा विकास बैंकले कमाए साढे २ अर्ब बढी नाफा, पहिलाे नम्बरमा गरिमा

Hyundai
NCELL
NIMB

काठमाडौं । चालू आर्थिक वर्ष दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार राष्ट्रिय स्तिरको विकास बैंकहरुको नाफा २ अर्ब ५८ करोड बढी आर्जन गरेका छन् । नेपाल राष्ट्र बैंकले माघ ७ गते (आज) सार्वजनिक गरेको वित्तीय विवरण अनुसार यस्तो देखिएको हो ।

चालु आव ०८१/०८२ मा बैंकहरुको नाफा १६.०२ प्रतिशतले वृद्धि भई २ अर्ब ५८ करोड ७६ लाख १२ हजार आर्जन गरेका छन् भने गत आवको सोहि अवधीमा बैंकहरुले २ अर्ब २३ करोड २ लाख २५ हजार रुपैयाँ नाफा आर्जन गरेका थिए ।

चालू आव ०८१/०८० मा धेरै नाफा कमाउनेको पहिलो नम्बरमा गरिमा विकास बैंक रहेको छ । बैंककोे गत आवको तुलनामा ७.१६ प्रतिशतले बढी हो । गत आव सोहि अवधिमा बैंकको नाफा ५१ करोड २५ लख ८२ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो भने चालु आवमा ५४ करोड ९२ लाख ६६ हजार रुपैयाँ नाफा कमाएर धेरै नाफा कमाउनेको पहिलो नम्बरमा परेको छ ।

नाफा धेरै कमाउनेको दोस्रो नम्बरमा मुक्तिनाथ विकास बैंक रहेको छ । बैंकको नाफा गत आवको तुलनामा २७.०९ प्रतिशिले वृद्धि भएको छ । गत आव ३९ करोड ५९ लाख ४५ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो भने चालु आव सो अवधिमा ५० करोड ३१ लाख ८७ हजार रुपैयाँ नाफा कमाएको छ ।

त्यस्तै, साइन रेसुङ्गा डेभलपसेन्ट बैंकको रहेको छ । बैकले चालु आव ६ महिनामा ९६.१० प्रतिशत अर्थात १९ करोड ६५ लाख ६१ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । गत आव सोहि अवधिमा बैंकले १० करोड रुपैयाँ नाफा कमाएको छ ।

सोहि अवधिमा सांग्रिला डेभलपमेन्ट बैंकले १९ करोड ६५ लाख ६१ हजार रुपैयाँ नाफा कमाएको छ । बैंकले गत आव सोहि अवधिमा १० करोड २ लाख ३३ हजार रुपैयाँ नाफा कमाएको थियो ।

ज्योति विकास बैंकको नाफा १४७.५७ प्रतिशतले बढेको छ । बैंकले चालु आवमा २५ करोड १ लाख ३२ हजार रुपैयाँ नाफा आर्जन गरेको छ भने गत आव सोहि अवधीमा १० करोड १० लाख ३४ हजार नाफा कमाएको थियो ।

त्यस्तै, चालु आव ६ महिनामा कामना सेवा विकास बैंकले ३२ करोड २४ लाख ९३ हजार रुपैयाँ नाफा आर्जन गरेको छ भने बैंकले गत आव २५ करोड ८९ लाख १९ हजार रुपैयाँ नाफा कमाएको थियो ।

साथै, लुम्बिन विकास बैंकले ६ महिनामा १४ करोड ७९ लाख १८ हजार रुपैयाँ नाफा कमाएको छ भने महालक्ष्मी विकास बैंकले चालु आव २८ करोड ७४ लाख ९९ हजार रुपैयाँ नाफा कमाएको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्

Thoughts MORE