Shikhar Insurance
National Life

भुगर्भ सिमेन्टले एक वर्षमा गर्‍याे १ अर्ब ३९ करोडको व्यापार, गत वर्षभन्दा ९.९६ प्रतिशतले बढी

सिंहदरबार संवाददाता
२०८१ माघ २०, आईतवार १७:२३
Hyundai
NCELL
NIMB

काठमाडौं । भुगर्भ सिमेन्टको व्यापारमा उकालो लागेको छ । कम्पनीले सन् २०२४ मा १ अर्ब ३९ करोड रुपैयाँको सिमेन्ट बिक्री गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १२ करोड ६० लाख रुपैयाँ अर्थात ९.९६ प्रतिशतले बढी हो ।

कम्पनीले गत वर्ष १ अर्ब २६ करोड ४० लाख रुपैयाँको व्यापार गरेको थियो । त्यस्तै, कम्पनीले २०२२ मा १ अर्ब ४७ करोड ९० लाख रुपैयाँको व्यापार गरेको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कम्पनीले ओपीसी र पीपीसी गरी दैनिक ७ सय टन सिमेन्ट उत्पादन गर्न सक्छ भने क्लिंकर उत्पादन गर्ने क्षमता कम्पनीसँग दैनिक ३ सय टन रहेको छ।

कम्पनीले २ अर्ब २५ करोड रुपैयाँको बैंकिङ कर्जाका लागि रेटिङ पाएको छ । १ अर्ब ४७ करोड १६ लाख रुपैयाँको दीर्घकालीन कर्जाका लागि र ७७ करोड ८३ लाख रुपैयाँ अल्पकालीन कर्जाका लागि रेटिङ पाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्