Skip to content
Shikhar Insurance
National Life

भाट-भटेनी सुपरमार्केटको व्यापार ६ महिनामै १६ अर्ब ७९ करोड, ऋण १७ अर्ब २४ करोड

Hyundai
NCELL
NIMB

काठमाडौं । सन् १९९२ मा स्थापित भाट-भटेनी सुपरमार्केट एण्ड डिपार्टमेन्टल स्टोर प्राइभेट लिमिटेडले आर्थिक सन् २०२५/०२६ को ६ महिनामा १६ अर्ब बढीको व्यापार गरेको छ । भाट-भटेनीको वित्तीय विवरण अनुसार कम्पनीले ६ महिनामा १६ अर्ब ७९ करोड ३० लाख रुपैयाँको व्यापार गरेको हो ।

कम्पनीले सन् २०२४ मा ३० अर्ब ६२ करोड रुपैयाँको कारोबार गरेको थियो । जुन सन् २०२३ को तुलनामा २.७७ प्रतिशतले बढी हो । सन् २०२३ मा कम्पनीको व्यापार २९ अर्ब ७९ करोड ४० लाख रुपैयाँ थियो ।

त्यस्तै, कम्पनीले २०२२ मा २६ अर्ब रुपैयाँ र २०२१ मा १९ अर्ब ९४ करोड ६० लाख रुपैयाँको कारोबार गरेको थियो । सार्वजनिक वित्तीय विवरण अनुसार कम्पनीको व्यापार लगातार बढ्दै गइरहेको छ ।

अध्यक्ष मिन बहादुर गुरुङको भाटभटेनी सुपरमार्केट नेपालको सबैभन्दा ठूलो स्टोर हो । ३५ हजार रुपैयाँको लगानीमा सानो किराना पसलको रूपमा सुरु भएको यो सुपरमार्केट देशभर २७ आउटलेटहरू पुगिसकेको छ । कम्पनीको ७० प्रतिशत आम्दानी काठमाडौं पोखारा र चितवनबाट हुने गरेको छ । कम्पनीले पोखराको लेकसाइडमा थप एक आउटलेट खोल्ने योजना बनाएको छ । यस्तै, देशका विभिन्न स्थानहरुमा शाखा खोल्नका लागि अध्ययन गरिरहेको छ ।

यी स्टोरहरूले दैनिक जिवनमा आवश्यक पर्ने सामाग्रीहरु, किराना सामान, घरायसी सामान, इलेक्ट्रोनिक्स, कपडा र अन्य धेरै उत्पादनहरु एकै छानामुनिबाट बिक्री गर्ने गर्छ। कम्पनीमा व्यवसायी गुरुङको ६० प्रतिशत र उनकी श्रीमती साबित्री घले गुरुङको ४० प्रतिशत स्वामित्व छ । कम्पनीको कुल ऋण १७ अर्ब २४ करोड, ६० लाख रुपैयाँ छ । जसमा दीर्घकालिन ऋण ९ अर्ब १४ करोड ४० लाख छ भने छोटो अवधिका लागि ८ अर्ब १० करोड १० लाख ऋण रहेको छ।   

GBIME

प्रतिक्रिया दिनुहोस्