Shikhar Insurance
National Life

भरतपुर अस्पतालले ल्यायाे बिरामीका लागि ‘सटल बस’ सञ्चालनमा

सिंहदरबार संवाददाता
२०८१ माघ ३०, बुधबार १४:०४
Hyundai
NCELL
NIMB

चितवन । भरतपुर अस्पतालले बिरामी र बिरामीका आफन्तका लागि नि:शुल्क सटल (छोटो दुरीमा चल्ने) बस सञ्चालन गर्ने भएको छ । फागुन १ गतेअर्थात् बिहीबारबाट बस सञ्चालनको तयारी गरिएको हो ।

अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट प्रा डा कृष्णप्रसाद पौडेलका अनुसार हरेक दिन बिहान ९ देखि अपराह्न ४ बजेसम्म बस सञ्चालन गरिने छ । तीस जनाको क्षमता रहेको यस बसमा बिरामी र बिरामीका आफन्तले सेवा लिन सक्नेछन् । उनले भने ‘नेपालका अस्पतालमा बिरामी र बिरामीका आफन्तलाई यो सुविधा थिएन, पहिलोपटक यो सुविधा दिन लागिएको हो ।’

Citizen Life
Kumar Bank
Prabhu Insurance

अस्पतालको नर्सिङ् विभागमा चालु अवस्थामा रहेको बसलाई सटल बसका रुपमा सञ्चालन गर्न ल्याइएको हो । बस भरतपुर अस्पतालबाट मालपोत चोक (बाइपास रोड) , जिल्ला प्रशासन कार्यालय चोक, हाकिम चोक, चौबिसकोठी, वीरेन्द्र क्याम्पस चोक, विशाल चोकदेखि बाइपास रोड हुँदै पुन: भरतपुर अस्पतालसम्म आइपुग्ने छ । पौडेलका अनुसार अस्पतालमा कर्मचारी बोक्ने बस हुने गरेको भए पनि बिरामी र बिरामीका आफन्त बोक्ने बस भने छैन ।

चितवनसहित १९ जिल्लाका बिरामीको उपचार हुँदै आएको यस अस्पतालमा आउने बिरामी र तिनका आफन्तले समयमा अस्पताल आउने सवारी साधन नपाउने गरेको गुनासोलाई व्यवस्थापनका लागि अस्पतालले सटल बस सञ्चालनमा ल्याएको पौडेलले बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्