काठमाडौं । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासनको लागि बुक क्लोज मिति तय गरेको छ । कम्पनीले जेठ २२ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको हो ।
उक्त सेयरमा जेठ २१ गतेसम्म खरीद गर्ने सेयरधनीले मात्रै कम्पनीले निष्कासन गर्न लागेको शतप्रतिशत हकप्रद सेयरमा आवेदन दिन सक्ने कम्पनीले एक सूचनामार्फत जानकारी दिएको छ ।
कम्पनीले प्रतिकित्ता १०० रूपैयाँका दरले ५३ लाख ५८ हजार १५० कित्ता हकप्रद शेयर १:१ को अनुपातमा निष्कासन गर्न नेपाल धितोत्रप बोर्डबाट अनुमति पाएको छ।
प्रतिक्रिया दिनुहोस्