काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडलाई एफपीओ निष्कासनको लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) ले अनुमति दिएको छ । बोर्डले कम्पनीलाई माघ ३० गते ५१ लाख २९ हजार २ सय ५० रुपैयाँको एफपीओ निष्कासन गर्ने अनुमति दिएको हो ।
कम्पनीले अकिंत मूल्य १ सय रुपैयाँमा ५१ हजार २ सय ९२ कित्ताका लागि अनुमति दिएको छ । कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चोण्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।
प्रतिक्रिया दिनुहोस्