Skip to content
Shikhar Insurance
National Life

च्याम्पियन्स लिगबाट बार्सिलोना बाहिरियो, इन्टर फाइनलमा

Hyundai
NCELL
NIMB

काठमाडौं । स्पेनिस जायन्ट बार्सिलोना युरोपियन च्याम्पियन्स लिगबाट बाहिरिलएको छ । मंगलबार राति सम्पन्न सेमिफाइनलको दोश्रो लेगमा इटालियन क्लब इन्टरसँग ४–३ ले हारेपछि बार्सिलोनाको फाइनल पुग्ने यात्रा रोकिएको छ । इन्टरको घरेलु मैदानमा भएको खेलमा २ गोलले पछि परेको अवस्था उल्टाउँदै बार्साले ३–२ को लिड लिएको थियो । तर अन्तिममा इन्टरले २ गोल थप्दै बार्सिलोनालाई घर पठाईदिएको हो ।

बार्सिलोनाको होम ग्राउण्डमा भएको पहिलो लेग ३–३ गोलको बराबरीमा सकिएको थियो ।

इन्टरले अब फाइनलमा पीएसजी र आर्सनल बिचको बिजेतासँग खेल्नेछ । पीएसजी र आर्सनलले आज राति पीएसजीको होम ग्राउण्डमा दोश्रो लेग खेल्दैछन् । पहिलो लेगमा पीएसजीले १–० गोलले अघि छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्