एजेन्सी । अमेरिकी भन्सार शुल्क नीतिहरूबाट उत्पन्न अनिश्चितताका कारण बैंक अफ स्पेनले देशको आर्थिक वृद्धि पूर्वानुमानलाई घटाएर २०२५ को लागि प्रक्षेपण २.७ प्रतिशतबाट २.४ प्रतिशत र २०२६ को लागि १.८ प्रतिशतमा घटाएको छ ।
बैंकका गभर्नर जोस लुइस एस्क्रिभाले संसदको आर्थिक आयोगलाई सम्बोधन गर्दै यो घोषणा गरेका हुन् । जुन १० मा स्पेनी अर्थतन्त्रमा बैंकको त्रैमासिक प्रतिवेदन प्रकाशित हुनुभन्दा अगाडि बैंकले यो घोषणा गरेको हो । एस्क्रिभाले आफ्नो भाषणमा कम्तीमा १८ पटक अनिश्चितता शब्द प्रयोग गरे ।
लामो समयसम्म अनिश्चितताले स्पेनको अर्थतन्त्रमा बढ्दो रूपमा भार पार्नसक्ने चेतावनी दिनुभयो । वृद्धि पूर्वानुमान घटाइए पनि बैंकले २०२५ मा बेरोजगारी दरको लागि आफ्नो प्रक्षेपण १०.५ प्रतिशतमा कायम राखेको छ । जबकि २०२६ को अनुमानमा थोरै सुधार गर्दै यसलाई अघिल्लो रिपोर्टबाट १०.२ प्रतिशतमा घटाएको छ ।
प्रतिक्रिया दिनुहोस्