काठमाडौं । अर्थसमिति सभापति सन्तोष चालिसेले १४ प्रतिशतबाट ७ प्रतिशतमा ब्याजदर झर्दा पनि बैंकमा कोही पनि पैसा लिन नजानु चिन्ताको विषय भएको बताएका छन् ।
सोमबारको अर्थ समितिको बैठकमा बोल्द सभापति चालिसेले यस्तो बताएका हुन् । उनले तरलता ठूलो मात्रमा रहेको बताउँदै विधि पुर्याउने नाममा बैंकले समेत ऋण लिन जानेहरुलाई दु:ख दिने गरेको बताए ।
आज अर्थसमितिमा बाफियासम्बन्धि विधेयकमा बोल्दै सभापति चालिसेले काम गर्न चाहनेलाई क्षमताको आधारमा बैंकहरुले सहज रुपमा कर्जा दने बातावरण हुनुपर्ने बताएउ ।
उनले भने, ‘साना उद्योगीहरुलाई ऋण दिनेबारे प्राथमकितामा राख्नुपर्छ । दूरदराजका मान्छेलाई काम गर्न खोज्नेलाई मात्रै घरजग्गाको मूल्यांकनका आधारमा होइन क्षमता र प्राकृतिक हिसावले दिनुपर्छ ।’
उनकाअनुसार अरुदेशमा प्रमाणपत्रका आधारमा लोन दिइन्छ । नेपालमा समेत त्यसबारे अब सोचिनुपर्छ ।
प्रतिक्रिया दिनुहोस्