Skip to content
Shikhar Insurance
National Life

माडीमा प्लाष्टिकजन्य सामग्री प्रयोगमा प्रतिबन्ध

Hyundai
NCELL
NIMB

चितवन । यहाँको माडी नगरपालिकाले प्लाष्टिकजन्य सामग्री प्रयोगमा प्रतिबन्ध लगाएको छ । पालिकाको ४३ औं कार्यपालिका बैठकले वातावरण प्रदुषण नियन्त्रणका लागि प्लाष्टिकजन्य सामग्रीमा रोक लगाउने निर्णय गरेको हो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भुसालका अनुसार प्लाष्टिकजन्य वस्तुका कारण वातावरणदेखि मानव स्वास्थ्यमा समेत प्रभाव पारेकाले यसलाई रोक लगाएको हो । उनले भने ‘प्लाष्टिकजन्य वस्तु रोक लगाउँदा वातावरण स्वच्छ र हराभरा देखिन्छ ।’

उद्योग वाणिज्य संघ माडी शाखासँगका सहकार्यमा प्लाष्टिकजन्य वस्तुमा रोक लगाएको उनले बताए । उनले भने ‘यस क्षेत्रमा प्लाष्टिकजन्य वस्तुको प्रयोग अत्याधिक भएकाले प्रतिबन्ध लगाउनु राम्रो काम हो ।’

बैठकले निर्णय गरेसँगै आकस्मिक अनुगमनदेखि समुदायमा सचेतना जगाउने लगायतका काम सुरु गरिएको उनले बताए । उनले भने ‘प्लाष्टिकजन्य झोला सहित गिलास र अन्य सामग्रीमा रोक लागएका छौ ।’ वातावरण प्रदुषण नियन्त्रणसँगै समाजलाई यसको प्रयोगले हुने हानीका बारेमा नगरपालिकाले जानकारी गराउन लागेको छ ।

प्लाष्टिकको गिलासमा चिया बिक्री बितरण गर्ने र प्लाष्टिका सामग्री प्रयोग गर्ने गर्दा फोहोर व्यवस्थापनमा समेत समस्या भएकाले यसलाई रोकिएको उनले बताए । अहिले प्लाष्टिकजन्य वस्तु रोक्नका लागि संयुक्त अनुगमन सहितका कामहरु भइरहेको छ ।

नगरपालिकाका उपप्रमुख खेमप्रसाद महतोले माडीलाई प्लाष्टिकमुक्त नगरपालिका घोषणा गर्न लागिएको बताए । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रले घेरिएको पालिका भएकाले प्लाष्टिकले वन्यजन्तुसँगै मानव स्वास्थ्यमा समेत असर गर्ने देखिएकाले प्लाष्टिकजन्य झोला र अन्य वस्तुहरुमा रोक लगाउन खोजिएको हो ।

प्लाष्टिकजन्य वस्तुले जमिनको उर्वराशक्तिमा समेत ह्रास ल्याउने हुँदा यसले माडीको इको प्रणालीमा समेत असर गर्ने देखेर रोक लगाएको उनले जानकारी दिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्