एजेन्सी । औद्योगिक सम्बन्ध न्यायाधिकरणको वार्षिक समीक्षापछि अष्ट्रेलियाको न्युनतम ज्याला ३.५ प्रतिशतले बढ्ने घोषणा गरिएको छ ।
फेयर वर्क कमिसनले मंगलबार घोषणा गरेको छ कि जुलाई १ देखि राष्ट्रिय न्युनतम ज्याला प्रतिघण्टा २४.१ अष्ट्रेलियाली डलर (१५.६ अमेरिकी डलर) बाट बढेर २४.९५ अष्ट्रेलियाली डलर (१६.१ अमेरिकी डलर) प्रतिघण्टा वा पूर्ण-समय ३८–घण्टा कार्य हप्ताको आधारमा प्रति हप्ता ९४८ अष्ट्रेलियाली डलर (६१४ अमेरिकी डलर) हुनेछ ।
एफडब्ल्युसीले सरकार, रोजगारदाता र युनियनहरूसँगको परामर्शको आधारमा गरिएको यो निर्णयले २६ लाखभन्दा बढी अष्ट्रेलियाली कामदारहरूलाई असर गर्ने बताएको छ ।
प्रतिक्रिया दिनुहोस्